site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पहिरो पन्छाएपछि मुग्लिन सडक सुचारु
Sarbottam CementSarbottam Cement


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा गएराति खसेको पहिरो पन्छाएपछि मंगलबार बिहान ५ः३० बजेदेखि सवारी आवागमन सुचारु भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार बिहान ३ बजे पहिरो खसेको थियो । तत्काल पहिरो पन्छाउने काम थालिएकाले दुई घण्टा ३० मिनेटमा पहिरो पन्छाउन सकिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

राति रोकिएका सवारीसाधन नारायणढतर्फबाट बिहान ४ बजे र मुग्लिनतर्फबाट ५ बजे छाडिने भएपनि पहिरोका कारण केही समय ढिलो मात्र छाडिएको उनले बताए । यसले गर्दा सडकमा सवारीको चाप बढेको छ । 

आइतबार साँझदेखि रातको समयमा सो सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ । सवारी आवागमन रोकिए पनि रातको समयमा समेत तीनवटा ¥यापिड रेस्पोन्स टिम ९आरआरटी० को व्यवस्था गरिएको छ । यसले सडकको अवस्थाबारे राति पनि अनुगमन गर्ने गर्दछ । गएराति पनि दुईवटा एम्बुलेन्सलाई सोही टोलीले सडक पार गराएको थियो । सडकमा पहिरो खस्ने समस्या बढेपछि रातमा आवागमन रोक्नुका साथै सुरक्षा सतर्कता बढाइएको छ । 

Global Ime bank

थापाका अनुसार सातजना ट्राफिकसहित ३२ जना प्रहरी थप गरी आरआरटीलाई प्रभावकारी बनाइएको छ । तीनवटा आरआरटी टिममध्ये प्रत्येकमा दुईजना प्रहरी, दुईजना सशस्त्र, एक ट्राफिक र एकजना सेफ्टी इञ्जिनियर रहेको उनले जानकारी दिए । तीनवटा टिमले सात÷सात किलोमिटर क्षेत्रको अनुगमन गरिरहेका छन् । रासस 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २७, २०७४  ०७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC