site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
साउदीमा अलपत्र १० नेपालीलाई स्वदेश फर्काउन म्यानपावर एजेन्सीको सहमति
Ghorahi CementGhorahi Cement

काठमाडौं । साउदी अरबमा कार्यरत १० जना नेपाली युवालाई नेपालस्थित मेनपावर एजेन्सीले सम्पूर्ण खर्च व्यहोरेर नेपाल ल्याउन लिखित सहमति गरेको छ । एक वर्षअघि जुलाईमा साउदी अरब पुगेका पीडित नेपालीलाई कपिल (मालिक) ले दुई दिनमा एक छाक मात्रै खाना दिने र कुटपिट गरेर पेस्तोल देखाई मारेर फाल्ने धम्किदिने गरेका थिए । १० जना पीडित सबैले पिटाई खाएको भन्दै आफूहरू बन्दुकको त्रासमा भोकभोकै बाँचिरहेको साझा मञ्चले जारी गरेको भिडियो मार्फत जनाएका थिए । 

नेपाली साझा मञ्चको साथी अभियानको सहयोगमा पीडितका परिवारले सकुशल नेपाल ल्याई परिवारलाई राहत समेत उपलब्ध गराउन माग गर्दै वैदेशिक रोजगार विभागमा उजुरी गरेका थिए । उजुरी पछि लक्की एचआर मेनपावर प्रालीले पीडितलाई स्वदेश फर्काउन सोमबार लिखित सहमति गरेको हो ।

वैदेशिक रोजगार विभागले मेनपावर कम्पनीका सञ्चालक ऋषि शर्मालाई बोलाई कारबाही अघि बढाएपछि सोमबार भएको सहमतिमा रोजगारदाता कम्पनी र नेपाली दूतावाससँग समन्वय गरी पीडितलाई उद्धार गरी नेपाल ल्याइने उल्लेख गरिएको छ ।

Agni Group

पीडितलाई नेपाल ल्याएपछि क्षतिपूर्ति र राहतका विषयमा पुनः छलफल गरिने मौखिक सहमति भएको साथी अभियानकी संयोजक शारदा भुषाल झाले जानकारी दिइन् । पीडितका अनुसार गत बिहीबार राति सलमान हसन अल मार्थु कम्पनीका कपिलले मध्यरातमा कुटपिट गर्दै ज्यानमार्ने धम्की दिएर सुत्न समेत नदिई लेखेटेर केहीलाई अज्ञातस्थलमा पुर्याई “तेरो नेपाल यताबाट जान्छ, जा !” भन्दै छाडिदिएका थिए । त्यसपश्चात हारगुहार गर्दै शुक्रबार बिहान दम्माम सिको गार्डेनमा पुगेका उनीहरू नेपाली साझा मञ्च राष्ट्रिय समन्वय समितिको सम्पर्कमा आएका थिए ।

मञ्चले दूतावासका श्रमसहचारी अम्बिका अधिकारी, स्थानीय कर्मचारी हरि घिमेर, मेनपावरका प्रतिनिधि एमएस कापरी र साथी अभियानकी संयोजक झासँग समन्वय गरी पीडितलाई खान, बस्न र परिवारलाई सकुशल रहेको सूचना प्रवाह गर्न सहयोग गरेको थियो । 

Global Ime bank

मञ्चले नेपाली मुसलमान धनुषाका अब्दुल रहिमको सहयोगमा प्रहरी र लेबरकोर्टमा निवेदन दिने तयारी समेत गरेको थियो तर कपिलले यस अघि नै उनीहरूलाई कम्पनी छाडेर भागेको आरोपमा ‘हुरुप’ लगाएका कारण निवेदन दर्ता हुन सकेन । 

पीडितलाई नेपाल फर्काउन प्रहरीमा परेको उजुरी सल्टाउनु पर्ने भएकाले तत्काल फर्काउन नसक्दा केही समस्या भएको तर ज्यानकै खतरा हुनसक्ने कतिफको अवमियाबाट दम्माममा पीडितलाई सुरक्षित बसोबासको व्यवस्था गरिएको मञ्चका साउदी अरब संयोजक कृष्ण पुरीले जानकारी दिए  ।

गत सोमबार साउदी अरब आइपुगेका मेनपावर कम्पनीका कापरीले पीडितको उद्धारका लागि हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पीडितलाई खान बस्न र अन्य खर्चका लागि व्यवस्था मिलाएको बताए । कापरीका अनुसार हालसम्म ४५ सय रियाल पीडितका लागि खर्च गरिसकिएको छ । दम्माममा कोठा बहाल लिएर राखिएका पीडितलाई नजिकै रहेको ‘काठमाडौं रेष्टुरेन्ट’मा खाना खुवाउने व्यवस्था गरिएको छ ।

एक वर्षअघि जुलाईमा साउदी अरब पुगेका उनीलाई त्यहाँ पुगेदेखि कपिलले दुई दिनमा एक छाक मात्रै खाना दिने र कुटपिट गरेर पेस्तोल देखाई मारेर फाल्ने धम्किदिने गरेका थिए ।
१० जना पीडित सबैले पिटाई खाएको र भोकै बस्नु परेको थियो । पीडितका अनुसार कामदार सप्लाईको काम गर्ने त्यस कम्पनीले अर्को कम्पनीमा काम गर्न जाँदा मात्रै त्यहाँ अघाउन्जेल खाना खान पाउथे । मारेर फालिदिने धम्की र कुटपिटका कारण त्रसित उनीहरूले डिसेम्बरदेखि तलब समेत पाएका थिएनन् ।

पीडित हुनेमा जनकबहादुर खत्री जाजरकोट, बमबहादुर बस्नेत दैलेख, मानसिंह कामी बाँके, मानबहादुर कामी दैलेख, लेखबहादुर विश्वकर्मा दाङ, गोविन्द ताम्राकार मोरङ, जितबहादुर जोगी तेह्रथुम, रुद्र माझी मोरङ, पूर्णबहादुर तामाङ संखुवासभा र नविन विष्ट रुकुम रहेका छन् ।

नेपाली साझा मञ्चले पीडितले उद्धारका लागि अपिल गरेको भिडियो सार्वजनिक गरेको थियो । पीडितको उद्धारका लागि साउदीस्थित नेपाली दूतावास, राष्ट्रिय मानव अधिकार आयोग र वैदेशिक रोजगार विभागमा समेत मञ्चले अनुरोध गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २६, २०७४  १८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC