site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
दोस्रो चरणको निर्वाचनले उब्जाएका प्रश्नहरु

दोस्रो चरणको निर्वाचन सम्पन्न भई मत परिणाम निस्कने क्रम जारी छ । यस चरणमा पनि नेकपा (एमाले) आफ्नो बढत कायम राख्न सफल भइरहेको देखिन्छ । नेपाली कांग्रेस आश्चर्यजनकरूपमा पछाडि पर्दैछ भने खुलेर निर्वाचनमा भाग लिएका संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमको पनि परिणाम खासै आशाजनक भएन ।

एक जना नयाँ शक्तिका नेताले आफ्नो अन्तरवार्तामा आफ्नो पार्टी चौथो स्थानमा रहन पुगेकोमा प्रशन्नता व्यक्त गरेका छन् । नयाँ शक्तिसँग तालमेल गरी निर्वाचनमा उठ्दा पहाडी क्षेत्रमा लगभग शून्य नै भएको संघीय समाजवादी फोरमले मधेसमा केही ठाँउ पाउन सफल भएकोलाई आफ्नो सफलता भन्न रुचाउनु आत्मविश्लेषणको अभाव हो । दोस्रो चरणमा द्वितीय स्थानसम्म आफ्नो सीट सुरक्षित राख्न सक्ने हैसियत भएका मधेसी दल फुटेर जो कान्तिविजोगको अवस्था सृजना गरेका छन्, यो त्यसैको परिणाम हो । वास्तवमा फोरम अध्यक्ष उपेन्द्र यादवले आफ्नो सम्पूर्ण राजनीतिक कमाइलाई जनताबीचमा अनेकौं लांछना सहेर पनि लगे ।

उनको तर्क हुनेगथ्र्याे – बुलेटको जवाफ ब्यालेटले दिने । तर, त्यसको लागि साथ त त्यही बुलेट खाने जनताले दिनुपथ्र्याे, त्यो हुन सकेन । आपूmले बोकेको अपयशका भारीले उपेन्द्र यादवलाई नै अप्ठेरोमा पारेको छ । जेजस्ता रणनीतिका साथ निर्वाचनमा खुलेरै जा गए त्यो अभीष्ट पुरा भयो वा भएन यो अरूले ठम्याउने कुरा भएन । उनँले आफैँ विश्लेषण गरेर भन्ने नै छन् । तर जसरी दोस्रो चरणको निर्वाचनमा मत विभाजन गर्ने काम भएको छ, संघीय समाजवादी फोरमलाई प्रतिस्पर्धी बनाई जे जति रणनीति बनाइए त्यसबाट तेस्रो पक्षलाई फाइदा भएको प्रष्टै देख्न सकिन्छ । र अन्ततः कतै अन्त कै उत्प्रेरणाले यस्तो अवस्थाको सृजना त भएको छैन भन्ने आशय पनि प्रकट हुन थालेको छ । 

Agni Group

त्यसैले अब तेस्रो चरणको निर्वाचन पूर्व मधेसवादी दलको रणनीति के हुने ? यस्ता प्रश्नको उत्तर खोज्न राष्ट्रिय जनता पार्टीलाई मात्र तारो बनाउनु उचित हुँदैन । अब त संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रतिक्रिया सबैभन्दा महत्वपूर्ण हुनगएको छ । के उनी तेस्रो चरणको निर्वाचनमा यथास्थितिमा नै भाग लिन्छन् ? यक्ष प्रश्न यो हो । यद्यपि, एकपटक निर्वाचनमा भाग लिइसकेपछि तेस्रो चरणमा भाग लिनबाट हट्नु उचित हुँदैन भन्ने धारणा राख्नेहरू पनि धेरै नै छन् । तर, यस प्रश्नको उत्तर त्यति सजिलो छैन । 

तेस्रो चरणमा अन्ततः २ नं. प्रदेशलाई धकेल्नुको अर्थ त्यति बेला पनि बुझिएकै थियो । सात प्रदेशमध्ये छ प्रदेश कब्जामा आइसकेपछि एक प्रदेशमा जे जति आउँछ त्यो अपेक्षित नै हुन्छ र त्यसैले आफ्नो संविधान संशोधन न गर्ने, मधेसीलाई अधिकारविहीन बनाई राख्ने रणनीतिको जनताद्वारा समर्थन भएको देखाई सबै वार्ता, सहमतिको ढोका बन्द पनि गर्न सकिने सम्भावनाबाट पनि इन्कार गर्न सकिन्न । 

Global Ime bank

निर्वाचन शान्तिपूर्ण भएको आधार त छ तर निष्पक्ष भएको आधार अनेकौं प्रसंंगमा चर्र्चाको विषय बन्दैआएको छ । शक्ति र पैसाको चलखेल भएको चर्चाबीच मधेसवादी दलहरूको संगठनात्मक त्रुटिकै कारण हुनसक्छ – कतै, कुनै क्षेत्रमा उम्मेदवारलाई कुनै प्रकारको आर्थिक सहयोग गर्ने बानी न रहेकाले पनि स्थानीय तहमा प्रतिकूल प्रभाव परेको हुनसक्छ । कार्यकर्ता परिचालनको लागि पनि चाहिने आवश्यक सहयोग, केन्द्रीय नेतृत्वको आडभरोसले उम्मेदवारलाई ठूलै हौसला प्रदान गर्छ । यो प्रवृत्ति ठूला तीन दलमा देखिए पनि मधेसी दलहरूमा देखिएन । सामूहिकताको लागि तालमेलमा गलत गणितको प्रयोग, मधेशी जनता आफ्नै संघर्षशील दलका साथीप्रति प्रतिबद्ध रहनुको सट्टा अन्यत्र जान रुचि राखी सकेपछि दोस्रोचरणको जे हबिगत भयो, तेस्रोमा नहोला भन्न गाह्रो छ । 

त्यसैले पनि अबको निर्वाचनमा बडो गम्भीरतापूर्वक सोच्नै पर्छ – के चुनावमा यथास्थितिमा जाने वा पुनः आन्दोलन तिर लाग्ने ? र, यो प्रश्न चुनावमा भाग लिइसकेकाहरूप्रति बढी तेर्सिन्छ । त्यसमा सरकारमा सहभागी एक जना मधेसी पार्टी नेताको कुरा त बेग्लै हो, उनी संघर्षमा आउन चाहँदैनन् । तर, उपेन्द्र यादवप्रति जन गुनासो बढ्न सक्तछ ।

किन राजपाको आन्दोलन कमजोर हुन पुग्यो ? अन्ततः स्वतन्त्र भएर पनि उम्मेदवार उठाउनुको कारण के थियो र ! पूरै देशमा खास गरी नेपाली मिडियाले राजपा निर्वाचनमा आउँदैछ, अब तेस्रो चरणमा आउँछ भनेका छन् । भाव यस्तो कि संशोधन होस् नहोस् निर्वाचनमा भने अवश्यै जानेछन् भन्ने आशयका समाचार आउन थालेका छन् । परिस्थिति हातबाट निस्किन थालिसकेको छ । अब मधेसको अधिकार र पहिचान स्थापित गर्न कि त एकपटक फेरि सबै मधेसवादी दल एक भएर संविधान संशोधन न भएसम्मको लागि आन्दोलनलाई प्रखरतापूर्वक चलाउनु पर्ने न भए मधेसकेन्द्रित सबै दलको मोर्चा बनाएर तेस्रो चरणको निर्वाचनमा जानुपर्ने हो । एकअर्कामाथि लांछना लगाउने शब्द प्रयोगबाट बच्नुपर्ने हुन्छ । आरोप कसलाई लगाउने ? खुलेर नै एउटा रणनीतिअन्र्तगत मधेसी जनताप्रति विश्वास गरी चुनावमा गएको संघीय समाजवादी फोरम नेपाललाई अथवा दोस्रो चरणको निर्वाचनमा स्वतन्त्र उम्मेदवार खडा गरेकोे राजपालाई ? कठिन प्रश्न छ । जे जति भएको छ त्यसको प्रत्यक्ष असर मधेसले भोग्नु परिरहेको प्रष्टै छ । त्यसैले पनि मधेश बचाउने मुद्दा ठूलो भएको छ, व्यक्तिगत ईष्र्या द्वेष अभिव्यक्त गर्ने हैन । 

सत्तामा रहेका दलहरुको जबाबदेही पनि कम हुँदैन । संविधानलाई सर्वस्वीकृत बनाउन संशोधन प्रक्रिया अगाडि बढाई संशोधन गर्नुपर्ने दायित्वबाट पन्छिन मिल्दैन । हो, यसबीच मधेस मुद्दाका सम्बाहक आन्दोलनरत मधेसी दलमा केही बिचलन देखा परे तर त्यसको कारक पनि ठूला दलहरुकै मायाजाल मान्नेहरु मधेसमा प्रशस्त छन् । त्यसैले उपेन्द्र यादवहरू पुनः आन्दोलनको बाटोमा लागे भने तेस्रो चरणको निर्वाचन गराउने वातावरण नै शंंकामा पर्नसक्छ । त्यसो हुन दिनु हुँदैन । माग पूरा गर्नुपर्छ । यसले गर्दा सबै पक्षको मान पनि रहने र विगत समयमा उब्जेका अनेकौं प्रश्नको उत्तर पनि पाइने हँुदा जनहितमा गम्भीरतापूर्वक प्रमुख प्रतिपक्षसहित सत्ता पक्षले पनि सोच्नै पर्छ । 
rbkapari@hotmail.com

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २५, २०७४  १२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC