site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बाबा रामदेवले टीभी सिरियल लिएर आउने ?
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । भारतीय योगी रामदेवले निकै चिजवीज घरघरमा पुर्याएका छन् । टीभीमा योग र अन्य विषयमा चर्चा गर्दै आएको पनि देखिन्छन् । अब चाँडै नै उनी अर्को प्रोजेक्ट सुरु गर्दैछन् ।
बाबा रामदेव अब सिरियल बनाउन चाहन्छन् । तर उनको शो कस्तो हुनेछ त्यो त प्रतीक्षै गर्नुपर्छ । उनले अहिले योगमा आधारित नभएर एकजना धार्मिक हस्तीका विषयमा सानो टीभी शो बनाउन चाहँदैछन् । चाणक्य, टीपु सुल्तान, शिवाजी, झाँसीकी रानी जस्ता बायोपिक शो त बनिसकेका छन् । 
अब रामदेवले आर्य समाजका संस्थापक स्वामी दयानन्द सरस्वतीको जीवनीमा आधारित शो बनाउने छन् र तयारीमा पनि लागेका छन् । ‘टेलिचक्कर’ को एउटा खबरका अनुसार गत ६ महिनादेखि रचनात्मक प्रतिभाका लागि स्वामी दयानन्दको जीव्न कथालाई टीभी वा ओटीटी स्क्रिनमा देखाउनका लागि एक टीभी शो बनाउने तयारी भइरहेको छ । दिल्लीका एक निर्मातालाई यसको जिम्मेवारी दिइएको छ ।
यद्यपि स्क्रिप्टको काम भइरहेको छ । तर स्वामी दयानंदको भूमिकाका लागि मोडल शिवेन्द्र ओम ैनिओलका साथ केही सिन पनि सुट गरिएको छ । ‘आजतक’ का अनुसार स्वामी दयानंदमाथि बन्ने यो सिरियल मात्र ५२ श्रृङ्खलाको हुनेछ । यसको टेलिकास्टका लागि ‘जीईसीहरू’सँग कुराकानी भइरहेको छ । यसमध्ये सबैभन्दा ठूलो मौका सोनी च्यानलले पाउने अनुमान पनि गरिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २५, २०७४  ०२:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC