राजनीति
विराटनगर । विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ ।
नेपाली कांग्रेसका मेयरका उमेदवार भीम पराजुलीले १८ हजार ३०५ मत, नेकपाएमालेका विनोद ढकालले १३ हजार ३६४ मत ल्याएका छन् । सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले १२ हजार ४१७ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा नेपाली कांग्रेसकी इन्दिरा कार्कीको १५ हजार ९४८ मत, माओवादी केन्द्रकी नमिता न्यौपानेको ९ हजार ६७९ मत र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीका पक्षमा ८ हजार २८४ मत खसेको छ ।
विराटनगर महानगरमा १ लाख १२ हजार ८३२ मतदाता छन् । मोरङमा ७० प्रतिशत मतदान भएको छ ।
प्रकाशित मिति: शनिबार, असार २४, २०७४ १२:०२
प्रतिक्रिया दिनुहोस्