site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
क्यूआर कोड अभियानः बल्खु तरकारी बजारमा ‘क्यासलेस’ भुक्तानी गर्न सकिने
Ghorahi CementGhorahi Cement

काठमाडौं । एनएमबि बैंकले बल्खु तरकारी बजार क्षेत्रमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाएको छ । नगदरहित कारोबारलाई प्रबद्र्धन गर्न भन्दै बैंकले यस्तो व्यवस्था गरेको हो ।

शुक्रबार बिहान बल्खु तरकारी बजारमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, एनएमबि बैंकका अध्यक्ष पवन कुमार गोल्याण, प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलगायतको उपस्थितिमा क्यूआर कोडमार्फत् हुने भुक्तानीको सुरुवात गरियो । प्रमुख कार्यकारी अधिकृत केसीले बुढाथोकी भेजिटेवल सप्लायर्स र सजनी भेजिटेवल सप्लायर्सलाई सहुलियतपूर्ण कर्जाको प्रस्तावपत्र पनि प्रदान गरे ।

Agni Group

बैंकले साना तथा मझौला उद्यमीलाई विगत देखी केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको दाबी गरेको छ । परियोजनाको अभिन्न अंगको रुपमा नगदरहित कारोबार प्रबद्र्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्यूआर कोडमार्फत साना तथा मझौला उद्यमीलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास छ ।

परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइसनको तर्फ केन्द्रित रही नगद सहितबाट नगदरहित समाज रूपान्तरणको दिशामा उन्मुख छ । वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैंकले आगामी दिनमा आफ्ना ग्राहकलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्नुको साथै कृषि तथा सहुलियतपूर्ण कर्जा सहजताको लागि थप कार्यक्रम गर्नेमा प्रतिबद्ध रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले जानकारी दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७  १३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC