site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ग्लोबल आईएमई बैंक १४ वर्षमा प्रवेश, प्राथमिक पुँजी २७ अर्ब
Sarbottam CementSarbottam Cement

काठमाडौं । ग्लोबल आईएमई बैंक स्थापनाको १४औं वर्षमा प्रवेश गरेको छ । बैंक पुँजी, व्यवसाय, शाखा/सन्जालसमेतका हिसाबले नेपालकै ठूलो बैंक बनेको छ ।

बैंकको हाल चुक्ता पुँजी करिब १९ अर्ब रुपैयाँ (प्रस्तावित १४ प्रतिशत बोनसपश्‍चात करिब २१ अर्बभन्दा बढी) र सञ्‍चित कोष गरी प्राथमिक पुँजी २७ अर्ब २४ करोड रुपैयाँ, कुल निक्षेप २ खर्ब ४९ अर्ब रुपैयाँ र कुल कर्जा दुई खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी पुग्ने बैंकले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

७ वटै प्रदेश तथा ७३ जिल्लामा बैंकको २६४ शाखा, २४० एटीएम, २४३ शाखारहित बैंकिङ सेवा, २४ एक्सटेन्सन काउन्टर, १ सीडीएस क्लियरिङ काउन्टरसहित २३ राजस्व कलेक्सन काउन्टर, तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ७९७ सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको जनाएको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको जनाएको छ ।

Global Ime bank

बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरपछि ग्राहकलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ सेवा प्रदान गर्न अझ सहज भएको बताए । मर्जर तथा प्राप्तिमा ग्लोबल आईएमई बैंकसँग लामो अनुभव भएको भन्दै उनले मर्जरपछिको व्यवस्थापनमा बैंकले हासिल गरेको उपलब्धिका आधारमा आउने दिनमा पनि थप उत्साहित बनाउने विश्वास व्यक्त गरे ।

“कोभिड-१९ को विश्व महामारीको अत्यन्त जटिल र त्रासदिपूर्ण परिस्थितिमा पनि हामीले गरेको सेवालाई सबैले सम्झिनेछन् । यसले बैंक व्यवसाय मात्र नभई आपत्‌-विपत्‌को साथी र संकटको सारथि पनि हो भन्ने कुरालाई स्थापित गरेको छ,” उनले भने, “यसलाई हामीहरुले आफ्नो व्यवहार र सेवाले थप मजबुत र प्रस्ट पार्दै जानेछौं ।”

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्‍नराज वज्राचार्यले विभिन्‍न मर्जर तथा एक्‍विजिसनपछि अहिले ग्लोबल आईएमई बैंक मुलुककै एक उत्कृष्ट, सबल र मजबुत बैंक बनेको बताए । “मर्जरपछि धेरैजसो सूचकमा ग्लोबल आईएमई देशकै ठूलो र एउटा उत्कृष्ट बैंकका रुपमा छ । यसलाई थप उचाइमा पुर्‍याउने र यसको सेवालाई ७७ वटै जिल्लामा विस्तार गरी सबैका लागि बैंक भन्ने मूल नारालाई साकार पार्ने गरी बैंकले काम गरिरहेको छ,” उनले भने । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १९, २०७७  १२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC