देश
काठमाडौं । रौतहटको ईशानाथ गाउँपालिका ५ मा आईतबार साँझ निमार्णाधिन घरको पर्खाल भत्किँदा च्यापिएर २ बालिकाको मृत्यु भएको छ ।
स्थानीय राम प्रसाद साहका छोरीहरु ५ वर्षिया मानवी साह र ४ वर्षिया कृष्णा कुमारी साहको मृत्यु भएको हो ।
साँझ करिब ६ वजे पानीमा खेल्दै गरेका बालिकालाई छिमेकीको निर्माणाधिन घरको पर्खाल भत्किएर च्यापेको थियो ।
पर्खालले च्यापिएर बालिकाहरुको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी जयनगर रौतहटले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असार १९, २०७४ १०:३६
प्रतिक्रिया दिनुहोस्