site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ग्लोबल आईएमई बैंक र निर्यात व्यवसायी महासंघबीच सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने समझदारी
Ghorahi CementGhorahi Cement

काठमाडौं । ग्लोबल आईएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच महासंघमा आबद्ध सदस्य संघ/संस्थाहरुलाई सहुलियतपूर्ण कर्जाका साथै सरल र सहज बैंकिङ सेवाहरु प्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्य तथा महासंघका अध्यक्ष रामबहादुर गुरुङले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बैंकले निर्यात व्यवसायीहरुलाई आवश्यकताअनुसार अल्पकालिन तथा दीर्घकालीन अवधिसम्मका लागि सहुलियतपूर्ण व्याजदरमा कर्जा प्रवाह गर्नेछ । साथै बैंकले महासंघका सदस्यहरुलाई आवश्यक अन्य बैंकिङ सेवा सरल र सहज रुपमा उपलब्ध गराउने जनाएको छ ।

Agni Group

बैंकले कर्जा प्रदान गर्ने, निकासी डकुमेन्ट खरिद गर्ने, नगद अनुदान, पुनर्कर्जा, विदेशी मुद्रा खाता तथा सटही सुविधालगायत निर्यात व्यवसायसँग सम्बन्धित अन्य सेवाहरु उपलब्ध गराउने सहमति पनि भएको जनाइएको छ ।  

बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले समझदारीको प्रमुख उद्देश्य देशमा उत्पादित वस्तुहरुको निर्यात वृद्धि गरी अर्थतन्त्रलाई थप बल पुर्‍याउन महासंघका सदस्य संघ-संस्था तथा व्यवसायीहरुको हकहितमा विभिन्न क्रियाकलाप गर्ने रहेको बताए ।  

Global Ime bank

बैंकका प्रमुख कार्यकारी अधिकृत वज्राचार्यले बैंक पनि निजी क्षेत्रको एक संस्था भएकाले निजी क्षेत्रका बैंकिङ समस्या समाधान गर्दै आपसमा सहकार्य गर्ने उद्देश्य रहेको बताए ।

महासंघका महासचिव दुर्गाविक्रम थापाले कोभिडअगाडिको वर्ष ९५ अर्ब रुपैयाँभन्दा बढीको निर्यात भएको र अबका दिनमा निर्यातलाई प्रवर्द्धन गर्न महासंघले विशेष कार्यक्रमहरु गर्ने बताए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ९, २०७७  २१:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC