site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हिउँद नलाग्दै तीनवटै तहको निर्वाचन गर्नुपर्छ : यादव
Ghorahi CementGhorahi Cement

काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा, राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारसँग आग्रह गरेको छ । 

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रदेश सभा, राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारसँग आग्रह गरेका हुन् । उनले माघ ७ गतेभित्र तीन वटै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता भएकाले पनि प्रदेश सभा, राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे । 

Agni Group

शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले हिउँद नलाग्दै तीन वटै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यता निर्वाचन आयोगलाई रहेको पनि उल्लेख गरे । निर्वाचन आयोगले असोज तेस्रो हप्ता प्रदेश सभा, कार्तिक दोस्रो हप्ता राष्ट्रिय सभा र मंसिर पहिलो हप्ता प्रतिनिधि सभा निर्वाचन गर्नुपर्ने प्रारम्भिक कार्ययोजना समेत सरकारलाई बुझाइसकेको छ । अव ढिलाई नगरी निर्वाचनको मिति घोषणा गरेर जानुपर्ने प्रमुख निर्वाचन आयुक्त यादवले बताए । 

निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि असार मसान्त भित्र कानुन निर्माण गरिसक्न पनि सरकारको ध्यानाकर्षण गराईसकेको छ । प्रमुख निर्वाचन आयुक्त यादवले कानुनको आधारमा मात्रै निर्वाचन नियमावली, निर्देशिका बन्ने र सोही अनुसार निर्वाचनको व्यवस्थापनको काम सुरु हुने पनि स्मरण गराए । 

Global Ime bank

प्रमुख निर्वाचन आयुक्त यादवले प्रदेश सभा र प्रतिनिधि सभाका लागि निर्वाचन क्षेत्र निर्धारणको काम पनि श्रावण १५ गते भित्र गरीसक्न सरकारसँग आग्रह गरे । निर्वाचन क्षेत्र निर्धारण नभई मतदाता नामावली अध्यावधिक, दल दर्ता, निर्वाचन सामग्रीको निर्माणलगायतका तयारीको कामलाई अघि बढाउन नसकिने पनि प्रमुख निर्वाचन आयुक्त यादवले स्पष्ट पारे ।

निर्वाचन आयोगले स्थानीय तह तेस्रो चरणको निर्वाचन आगामी असोज २ गते गर्दैछ । प्रमुख निर्वाचन आयुक्त यादवले स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रमलाई अझै व्यापक बनाउने कार्यक्रम रहेको पनि बताए । निर्वाचन आयोगले प्रदेश सभा, राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनका लागि मतपेटिकाको भने आवश्यक नपर्ने उल्लेख गरेको छ ।

स्थानीय तह निर्वाचनका लागि प्रयोग गरिएको मतपेटिका अन्य तहको निर्वाचनको लागि पनि प्रयोगमा ल्याउन सकिने निर्वाचन आयोगले जनाएको छ । गत बुधबार स्थानीय तह दोस्रो चरणको निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन आयोगका पदाधिकारीहरुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी मंसीर पहिलो साता भित्र सम्पन्न हुने गरी प्रदेश सभा, राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचन गर्नुपर्ने सुझावसहितको प्रारम्भिक कार्ययोजना नै पेश गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १७, २०७४  १७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC