site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 सुरुवातमा तीव्र उतारचढाब देखिएको नेप्से ७२ अंकले बढ्यो 
Ghorahi CementGhorahi Cement

काठमाडौं । साताको दोसो दिन सोमबार सुरुवात समयमा तीव्र उतारचढाव देखिएको सेयर बजार अन्त्यमा उच्च अंकको वृद्धिसहित बन्द भएको छ ।  आइतबार ६ प्रतिशतले घटेसँगै कारोबार समय बाँकी छँदै बन्द भएको सेयर बजार सोमबार पुनः लयमा फर्किएको छ । 
प्रि ओपनिङ सेसनमा सामान्य घटेको नेप्से कारोबार खुलेसँगै सुरुवातमा एकघण्टा तीव्र उतारचढाव देखिएको थियो । 

कारोबार खुलेको १० मिनेटमा नै ५४ अंकले बढेको नेप्से ११ बजेर ३१ मिनेट जाँदा घटेर ३० अंंकभन्दा माथिले आरोलो लाग्न पुगेको थियो ।  यसैगरी १२ बजेसम्म उतारचढाव कायम रहेको सेयरबजार त्यसपछि भने लगानीकर्ता सम्यमित हुँदा नेप्सेमा पनि स्थिरता देखियो । 

१२ बजेसम्म आइतबारको क्लोजिङ बिन्दुभन्दा तल रहेको नेप्से त्यसपछि भने लगातार उकालो लाग्दा ७२.२८ अंकले वृद्धि भएर २००४.३९ अंकमा बन्द भएको छ । नेप्सेसँगै कम वर्गका कम्पनीको मापक सेन्सिटिभ इन्डेक्स पनि दोहोरो अंकले बढेको छ । 

Agni Group

सेन्सिटिभ इन्डेक्स १२.१ अंकले बृद्धि भएर ३८२.७७ अंकमा बन्द भएको छ । 

कारोबारमा आएका सबै समूहको सूचक सकारात्मक हुँदा व्यापार समूहको सूचक सर्वाधिक ५.५७ प्रतिशत र जीवन बिमा समूहको सूचक ६.०४ प्रतिशतले बढेको छ । 

Global Ime bank

त्यस्तै हाइड्रोपावर समूहको सूचक पनि ५.९९ प्रतिशतले वृद्धि हुँदा उत्पादन समुहको सूचक पनि ५ प्रतिशत माथिले वृद्धि भएको छ । 

पछिल्लो समय बजार घटबढमा सबैभन्दा ठूलो भूमिकामा देखिएको अन्य समूहको सूचक ४.९३ प्रतिशतले वृद्धि हुँदा बजारमा सबैभन्दा ठुलो हिस्सा रहेको बैंकिङ समूहको सूचक पनि २.२३ प्रतिशतले बढेको छ । जसले गर्दा समग्र सेयर बजारमा नै आइबार देखिएको निरुत्साहनलाई उत्साहमा बदलिएको छ । 

नेप्सेमा उच्च अंकको वृद्धि हुँदा साढे ६ अर्ब माथिको कारोबार भएको छ । 

६० हजार ५ वटा कारोबारमा २०६ सूचीकृत संस्थाको एककरोड १९ लाख २० हजार ८१९ कित्ता सेयर किनेबच हुँदा ६ अर्ब ६६ करोड ७९ लाख ५७ हजारको कारोबार भएको छ । 

लगातार तेस्रो दिन पनि पुनर्बिमा कम्पनीको कारोबार रकम एकअर्ब नाघेको छ । 

कम्पनीको  ६ लाख ८६ हजार ८६० कित्ता सेयर किनबेच हुँदा एक अर्ब ५ करोड ५७ लाख ६० हजारको कारोबार भएको छ ।  त्यस्तै नेपाल लाइफको ४७ करोड ५९ लाख ७३ हजारको कारोबार हुँदा नेपाल दुरसञ्चार कम्पनीको करिब ३४ करोडको कारोबार भएको छ ।  सोमबार नेप्सेमा कारोबार भएकामध्ये तीन ऋणपत्रसहित सातवटा कम्पनीका लगानीकर्ताले मात्रै गुमाएका छन् । 

गुमाउनेमा एभरेष्ट बैंकको प्रिफरेन्स सेयर साथै २ वित्त कम्पनी एक विकास बैंक, एक वाणिज्य बैंक एक हाइड्रोपावर र एक सामूहिक योजनाका लगानीकर्ता रहेका छन् ।  यता रसुवागढी हाइड्रोपावर र नारायण्ी डेभलमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बृद्धि भएको छ ।  सान्जेन जलविद्युत कम्पनी, अपर तामाकोसी हाइड्रोपावर र ग्लोबल आइएमईए लघुवित्तको सेयर मूल्य पनि करिब १० प्रतिशतले वृद्धि हुँदा सर्किट लेभलमा कारोबार भएको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC