site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंको शंखमूलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंको शङ्खमूलनजिक शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । 

अर्का एकजना घाइते भएका छन् । कोटेश्वरबाट कोरिडोर सडक हुँदै शङ्खमूलतर्फ आउँदै गरेको बा.३६प ६५३१ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ आउँदै गरेको प्रदेश ३­०२­००६ प ८८०० नम्बरको मोटरसाइकल ठक्कर खाँदा उक्त दुर्घटना भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

साँझ ६:४५ बजे भएको उक्त दुर्घटनामा सख्त घाइते भएका कोटेश्वरका २२ वर्षीय सुदीप तिमिल्सिनाको नागरिक अस्पताल बानेश्वरमा उपचारका क्रममा ७:२५ बजे मृत्यु भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए । 

अर्का मोटरसाइकलमा सवार सानु खान घाइते रहेको र उनको सोही अस्पतालमा उपचार भइरहेको बानेश्वर प्रहरीले जनाएको छ । सीसी क्यामेराको फुटेज हेरेपछि मात्रै घटनाबारे थप विवरण खुल्ने प्रहरीले जानकारी दिएको छ । -रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७  २२:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC