site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
साढे २० अर्ब बढी कर छुट दिने चूडामणि शर्मासँग ३ अर्ब धरौटी माग
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा पक्राउ गरेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासँग ३ अर्ब रुपैयाँ धरौटी मागेको छ । 
कर छुटको विषयका १ सयभन्दा बढी फाइलको अध्ययन गर्दा ठूलो आर्थिक अनियमितता भएको ठहर गर्दै अख्तियारले बिहीबार ठूलो रकम धरौटी मागेको हो ।  एक महिनाअघि २० अर्ब रुपैयाँ बढी कर छुट दिएर अर्बौंं रुपैयाँ आर्थिक अनियमितता गरेको ठहर गर्दै अख्तियारले शर्मालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । शर्मालाई अख्तियारले जेठ १८ गते आन्तरिक राजश्व विभागबाट पक्रिएको हो ।  
आयोगले बिहीबारसम्म १ करोड रुपैयाँभन्दा बढी छुट दिएका १ सय फाइल अध्ययन गर्दा ठूलो रकम छुट दिएको पाएपछि ठूलो रकम धरौटी मागेको हो । 
३ अर्ब रुपैयाँ बुझाए उनी हिरासत मुक्त हुने छन् । तत्कालिन कर फर्र्छोट आयोगका अध्यक्ष लुम्बध्वज महत तथा सदस्य उमेश ढकाल अहिले फरार छन् । शर्मा आयोगका सदस्यसचिव हुन् । 
आयोगमा प्राप्त १ हजार ७२६ निवेदन मध्ये १ हजार ६९ निवेदन उपर कारवाही गरी सम्झौता गर्दा साढे २० अर्ब रुपैयाँ छुट दिएको थियो  । आयोगमा कुल ४० अर्ब ८३ करोड रुपैयाँ वक्यौता उपर निवेदन प्राप्त भएकोमा ३० अर्ब ५२ करोड ५८ लाख रुपैयाँ निवेदन उपर फर्छर्योटको कारबाही गर्दा ९ अर्ब ५४ करोड ६१ लाख रुपैयाँमा सम्झौता भएको थियो । 
समग्र राजश्व उठाउने वक्यौता रकमको ६८.७३ प्रतिशत मिनाहा दिइएको छ । ३१.८६ प्रतिशत मात्र असुल भएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १५, २०७४  १८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC