site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि अस्ट्रेलियन राजदूत पिटर बड बीच बिहीबार शिष्टाचार भेटवार्ता भएको छ । 
                                        
परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–अस्ट्रेलीयाबीचको आपसी सहयोग तथा दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको थियो ।
 
सो अवसरमा मन्त्री महराले नेपाल नयाँ चरणमा प्रवेश गरेको र यस सन्दर्भमा अष्ट्रेलियन लगानी आउने विश्वास गरे । उनले आर्थिक, शैक्षिक तथा अन्य क्षेत्रमा अस्ट्रेलियन सरकारले पु¥याएको सहयोगको प्रशंसा गरे ।
 
राजदूत बडले पछिल्लो वर्षमा अस्ट्रेलियामा नेपालीको वसोबास बढेको उल्लेख गर्दै दुई देशको सम्बन्धमा जनस्तरसम्म विकसित भएको बताए ।

उनले आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त व्यक्त गरे ।
 
यसैबीच मन्त्री महरासँग विश्व खाद्य कार्यक्रमकी राष्ट्रिय प्रतिनिधि पेप्पा ब्राडफोर्डले आज परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेकी छन् ।

सो अवसरमा उनीहरुबीच नेपाल सरकारसँग भएको खाद्य कार्यक्रमबीच भएका सम्झौताका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १५, २०७४  १८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC