site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बिराटनगरमा प्रतिनिधि विवाद, मतगणना सुरु हुन सकेन
Sarbottam CementSarbottam Cement

काठमाडौं । मोरङको बिराटनगर महानगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन । दलहरुले मतगणना स्थलमा एक जना पदाधिकारीका लागि कम्तिमा एक जना प्रतिनिधि राख्न पाउनुपर्ने बताएपछि सर्वदलीय बैठकमा सहमति जुट्न सकेको छैन । 

निर्वाचन आयोगका प्रतिनिधिले ठाउँ सानो रहेका कारण पनि एउटा दलबाट एक र बढीमा दुई जना भन्दा धेरै प्रतिनिधि राख्न नसकिने बताउँदै आएको छ । यसै विषयमा आयोग र दलहरुबीच सहमति हुन सकेको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

विराटनगरको आदर्श स्कुलमा महानगरको मतगणना गर्ने तयारी भइरहेको छ । 

यसअघि साढे ११ बजेबाट मतगणना सुरु हुने भनिएको थियो । विराटनगर महानगरमा नेपाली कांग्रेसका तर्फबाट मेयरको उमेदवारमा भीम पराजुली, एमालेका तर्फबाट बिनोद ढकाल तथा समाजबादी फोरम र माओवादी केन्द्र गठबन्द्धनका तर्फबाट मेयरमा उमेशकुमार यादवले उमेदवारी दिएका छन् । एमालेले फोरम लोकतान्त्रिकसँग गठबन्द्धन गरेको छ । एमालेले उपमेयरमा फोरम लोकतान्त्रिककी सूची चौधरीलाई उठाएको छ । 

Global Ime bank

१९ वटा वडा रहेको विराटनगरमहानगरमा १ लाख १२ हजार ८३२ मतदाता छन् । विराटनगर महानगरमा ११९ मतदान केन्द्र तोकिएको थियो । मोरङमा ७० प्रतिशत मतदान भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १५, २०७४  १४:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC