site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
इटहरी उपमहानगरमा मतगणना सुरु 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकामा मतगणना सुरु भएको छ । राजनीतिक दलका प्रतिनिधिसहितको सर्बदलीय बैठक सम्पन्न भएपछि मतगण्ना सुरु भएको इटहरी उपमहानगरपालिकाका निर्वाचन अधिकृत भरतमणी रिजालले जानकारी दिए ।  

इटहरीमा नेकपा एमालेका तर्फबाट मेयरको उमेदवारमा द्वारिकलाल चौधरी, कांग्रेसकातर्फबाट रोहित प्रसाइँ, माओवादी केन्द्रका तर्फबाट हीरामायाँ जिमी मेयरका लागि चुनावी मैदनमा खडा छिन् । राप्रपा उमेदवार रोहित कार्की इटहरी उपमहानगरकाको मेयरका लागि चुनावी प्रतिस्र्धामा छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

२० वटा वडा रहेको इटहरी उपमहानगरपालिकामा ७७ हजार ६९४ मतदाता रहेकोमा  ५७ हजार ३७९ मतदाताले मतदान गरेका थिए । सुनसरी जिल्लामा ७१ प्रतिशत मत खसेकोे सबैभन्दा धेरै इटहरी उपमहानगरपालिकामा ७३.८५ प्रतिशत मत खसेको आयोगले जनाएको छ । 

इटहरी उपमहानगरका २० वटा वडामा १, ३, ६ र २० नम्बर वडालाई कांग्रेसको पक्कड क्षेत्र मानिदै आएको छ भने १० नम्बर वडा फोरम लोकतान्त्रिकको बलियो उपस्थिति रहेको बताइन्छ । ११ र १३ नम्बर वडामा राप्रपाको पकेट क्षेत्रका रुपमा लिइएको वडा हो भने १७ नम्बर वडामा माओवादी केन्द्रको उपस्थिती बलियो रहेको पाइन्छ । बाँकी १२ वडा भने एमालेको आधार इलाका मानिन्छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १५, २०७४  १३:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC