site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बम टिपेर फाल्ने प्रहरी हवल्दारलाई पुरस्कृत गरिने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

दाङ । निर्वाचनमा खटिइएका एक प्रहरी हवल्दारले आफ्नो ज्यानको पर्वाह नगरी अज्ञात समूहले मतदान केन्द्रमा फालेको बम टिपेर बाहिर फाल्ने साहस देखाए । 

तुलसीपुर नगरपालिका वडा नं ३ को आम्वासमा रहेको मतदान केन्द्रमा बुधबार अज्ञात समूहले बम फालेको थियो । नेपाल प्रहरीका साहसी हवल्दार दुर्गाबहादुर रानाले उक्त बम केही सेकेन्डमै जहाँबाट आएको हो त्यहीँ फालेर मतदानमा खटिएका कर्मचारी र मतदातालाई बचाए ।
“बिहान वरपर कुहिरो लागेको थियो, म मतदान केन्द्रको सुरक्षाका लागि खटिएका थिएँ, धुँवा उड्दै एउटा डल्लो वस्तु मेरो अगाडि पर्यो र मैले झटपट टिपेर जहाँबाट आएको हो त्यही फ्याकी दिएँ, अनि ठूलो आवाजमा पड्कियो” – हवल्दार रानाले भने ।
उनका अनुसार बिहान करिब ९स्३० बजेको समयमा मतदान केन्द्रलाई लक्ष्य गरी उत्तरतर्फबाट बम प्रहार भएको थियो । रानाले भने, “मलाई तालिममा सिकाइएको थियो, बम कस्तो र कति बेला पड्कन्छ भनेर । सोहीअनुरुप मैले बम छोपेर फालेको हुँ ।” 
उनले बम पड्केर हुने क्षतिबाट सबैलाई बचाउन पाउँदा आफूलाई गर्व लागेको बताए ।
यसैबीच, गृहमन्त्री जनार्दन शर्मा र प्रहरीका उच्च अधिकारीले साहसिक काम गरेको भन्दै हवल्दार रानालाई  टेलिफोन गरेर धन्यवाद दिएका छन् ।
गृहमन्त्री शर्माले प्रहरी हवल्दार रानालाई पुरस्कृत गर्ने समेत घोषणा गरे ।  सल्यानको शारदा नगरपालिका–१ निवासी राना २०६० सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए । रासस
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १५, २०७४  ०७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC