site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारत अमेरिकासँग नजिकिएपछि चीनमा चिन्ता !
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको भेटवार्ताको पहिलो प्रत्यक्ष असर चिनियाँ सञ्चारमाध्यममार्फत अभिव्यक्त भएको छ । यतिखेर अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर कोरियालाई आणविक मिसाइल कार्यक्रमबाट विमुख तुल्याउने आफ्नो चाहना पूरा गर्न सी जिनपिङको चिनियाँ नेतृत्वले खासै सहयोग नगरेकोमा चीनसँग असन्तुष्ट छन् । यस्तो बेला चीनलाई चिढ्याउन, इख्याउन र देखाउनकै लागि पनि ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भव्य स्वागत गरेको न्यूयोर्क टाइम्सको टिप्पणी छ । मोदी–ट्रम्प भेटपछि विश्वभर उत्पन्न प्रतिक्रियाका सन्दर्भमा टिप्पणी गर्दै चीनको सरकारी समाचारपत्र ‘ग्लोबल टाइम्स’ ले भारतलाई अमेरिकाको पुच्छर नबन्न चेतावनी दिँदै चीनसँगको सम्बन्ध नै उसका लागि फलदायी साबित हुने सुझाव दिएको छ ।
ग्लोबल टाइम्सले अगाडि लेखेको छ, ‘‘बेइजिंगको बढ्दो असर रोक्नका लागि वासिंगटनलाई नयाँदिल्लीको जरुरत हुन सक्छ । अमेरिका र भारतले चीनको उदयमाथि साझा चासो दिइरहेका छन् । वास्तवमा अमेरिकाले चीनमाथि दबाब बढाउनका लागि भारतसँगको मित्रतालाई मजबुत बनाउन खोजिरहेको छ । यस्तो बेला चीनलाई घेर्ने अमेरिकी रणनीतिको साझेदार बन्नु भारतका लागि हितकर छैन । यसको विनाशकारी परिणाम हुन सक्छ । चीनसँग दृढ सम्बन्ध कायम राखेर अगाडि बढ्नु नै नयाँदिल्लीका लागि फाइदाजनक छ ।’’
मोदी–ट्रम्प भेटबारे अमेरिकाबाट प्रकाशित वासिंगटन पोस्टले लेखेको छ, ‘‘नेताहरूबीचको भेटघाटअघि नै पत्रकारहरूलाई कुनै प्रश्नको उत्तर नदिइने बताइएको थियो । भेटमा पेरिस जलवायु परिवर्तन सम्झौताबारे कुनै कुराकानी भएन ।’’
बेलायतबाट प्रकाशित द इन्डिपेन्डेन्टले लेखेको छ, ‘‘विश्वका नेताहरूसँग ट्रम्पले लेनदेनका सन्दर्भमा नै भेट्ने गर्छन् । भारतसँग सैन्य सहयोगबारे कुराकानी भयो र रक्षा सम्झौता भयो ।’’  
वास्तवमा अमेरिकासँगको सम्बन्धलाई थप उचाइँमा पुर्याएर भारतले दुवै हातमा लड्डु हात पारेको छ । एकातिर अमेरिकासँगको बलियो सम्बन्धले भारतलाई उसबाट समर्थन र सहयोगको लाभ प्राप्त हुनेछ भने अर्कातिर भारत अलिकति अमेरिकातिर ढल्किएको देखिँदा चीनमाथि कूटनीतिक दबाब बढ्ने र उसको भारत नीति अलिक लचिलो बन्ने आकलन छ ।
ट्रम्प सरकारले भारतलाई २२ वटा ड्रोन बेच्दैछ । भारतीय सञ्चार माध्यमका अनुसार यी ड्रोनको प्रयोग गरी भारत हिन्द महासागरमा चीनविरुद्ध जासुसी गर्न खोज्दैछ । चीन र भारतबीच बेलाबेला हुने सीमाविवाद र सी जिनपिङको महत्त्वाकांक्षी ओबीओआर परियोजनाबाट भारत चीनसँग सतर्क बनेको देखिन्छ । यस्तो स्थितिमा मोदी चीनसँग प्रतिस्पर्धाका लागि ट्रम्पको साथ र सहयोगका लागि प्रयासरत छन् । अमेरिकासँगको सम्बन्ध थप बलियो बन्यो भने आफ्ना दुई दीर्घकालीन प्रतिस्पर्धी राष्ट्र चीन र पाकिस्तान दुवैलाई सन्तुलनमा ल्याउन सकिने भारतको अनुमान छ । भारतका विदेश मामिला विज्ञ रहीस सिंहले चीन–पाकिस्तान र रुसबीचको गठबन्धन रोक्नका लागि भारत र अमेरिकाबीचको साझेदारी जरुरी रहेको बताएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मोदीको अमेरिका भ्रमणका मुख्य दुई उपलब्धि देखिएका छन्– पहिलो, अमेरिकालाई पाकिस्तानी प्रभावबाट केही टाढा बनाउने र उसलाई अमेरिकाले गरिरहेको आर्थिक तथा सैन्य सहयोग कम गराउने कामको थालनी । दोस्रो, अमेरिकालाई भारतसँगको रक्षा साझेदारी महत्त्वपूर्ण छ भनेर महसुस गराउनु र दक्षिण एसियामा भारतीय प्रभुत्व बढाउनु ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १५, २०७४  ०७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC