site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काष्ठमण्डप पुनर्निर्माणका लागि अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै काष्ठमण्डपको पुनर्निर्माणमा काठमाडौं महानगरपालिकाका कर्मचारीले सहमति विपरीत हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

विज्ञप्तिको पूर्णपाठ यस प्रकारको छ -  'भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप (मरु सत्तल)को पुनर्निर्माणका लागि २०७४ साल वैशाख २९ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्वविभाग, काठमाडौं महानगरपालिका र यस काष्ठमण्डप पुनःनिर्माणका लागि अभियानबीच भएको समझदारीविपरीत काठमाडौंमहानगरपालिकाका कर्मचारीले हस्तक्षेप गरी काममा अवरोध उत्पन्न गरेकोमा हामी आश्चर्यचकित र क्षुब्ध भएका छौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका तर्पmबाट सहसचिव यमलाल भुसाल, पुरातत्व विभागका तर्फबाट महानिर्देशक भेषनारायण दाहाल, काठमाडौंमहानगरपालिकाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ईश्वरराज पौडेल र काष्ठमण्डप पुनर्निर्माणका लागि अभियानका तर्फबाट अध्यक्षवीरेन्द्रभक्त श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ ।  तर उक्त समझदारीपत्रका बारेमा ’थाहा छैन’ भन्दै महानगरपालिकाका कर्मचारीले’माथिको आदेश’ भनी जगको सुरक्षा गर्न बनाउन लागिएको अस्थायी मण्डपको लागि पुरातत्वविद्समेतको उपस्थिति र निर्देशनअनुसारगाडिएको बाँसको संरचना भत्काई दिएका छन् ।

Agni Group

समझदारी पत्रको १२ औँ बुँदामा ’काष्ठमण्डप पुनर्निर्माण गर्ने दायित्व चौथो पक्षको हुनेछ ।’ भन्ने उल्लेख भएको छ । महानगरपालिकाकाप्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरेको समझदारीका विषयमा कर्मचारीले जानकारी भएन भन्नुको रहस्य बुझ्न कठिन भएको छ । यसअभियान काष्ठमण्डपको पुनर्निर्माण समुदायको अग्रसरता र सहभागिता हुनुपर्छ र ठेक्कापट्टाबाट पुरातात्विक महत्वका सम्पदाकोपुननिर्माण हुनसक्तैन भन्ने मान्यता राख्छ । काठमाडौं महानगरपालिकाका केही कर्मचारी ठेक्का लगाउने पक्षमा भएकाले अभियानकोकाममा बाधा दिइएको हुनसक्छ । तर, यसरी अवरोध उत्पन्न गर्दा काष्ठमण्डपको पुनर्निर्माण कार्यमा ढिलो हुने त छँदैछ चौध सय वर्ष पुरानो रअहिलेसम्म सुरक्षित रहेको काष्ठमण्डपको जगमा समेत अपूरणीय क्षति हुन सक्छ भन्नेतर्फ हामी सबैको ध्यानाकर्षण गर्छौ ।
काष्ठमण्डप सामान्य एउटा भौतिक सम्पदामात्र हैन । यो सम्भवतः संसारकै प्राचीनतममध्येको सार्वजनिक भवन नेपाल मण्डलको सभ्यताकोजीवन्त सम्पदा पनि हो । नेपाल मण्डल (नेवा सभ्यता)को सबैभन्दा जीवन्त र अनेकौं परम्परा एवं प्रथासँग जोडिएको काष्ठमण्डपकोपुनर्निर्माणमा अवरोध खडा गरेर कतै नेवा सभ्यतामाथि नै प्रहार गर्न खोजिएको त हैन भन्ने सन्देह उत्पन्न भएको छ ।


हामीलाई विधिवत् हस्तान्तरण गरिएको र जीवित देवी कुमारी समक्ष हामीले वाचा गरेको काष्ठमण्डप पुनर्निर्माण हाम्रा लागि पवित्र अनुष्ठान रपहिचानको विषय हो । यसैले हामी महानगरपालिकालाई चार पक्षीय समझदारी पालना गर्न र त्यसमा अवरोध उत्पन्न गर्ने व्यक्तिहरूमाथिआवश्यक कारबाही गर्न अनुरोध गर्छौँ ।
समझदारीपत्रको बुँदा नम्बर ७ मा ’यो समझदारीपत्र कार्यान्वयनका क्रममा कुनै विवाद उत्पन्न भए चारै पक्षबीच आपसी समझदारीकाआधारमा विवादको समाधान गरिनेछ । तर, यसरी समझदारी कायम हुन नसकेमा प्राधिकरणको कार्यकारी समितिबाट गरिने निर्णय अन्तिमहनेछ ।’ भन्ने उल्लेख भएकाले हामी मध्यस्थताका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पनि आग्रह गर्दछौँ ।

Global Ime bank


हामी विवाद हैन समाधान चाहन्छौँ तर हाम्रो अस्मिताका रूपमा रहेको धरोहरको पुनर्निर्माणलाई खेलाँची गरेको सहन सक्तैनौ । व्यक्तिगतस्वार्थ वा कुनै प्रतिशोधको भावना राखेर काष्ठमण्डप पुनर्निर्माणमा समुदायले लिएको अग्रसरतामा बाधा नदिन हामी सबैलाई चेतावनी पनि दिन चाहन्छौँ ।


वीरेन्द्रभक्त श्रेष्ठ
अध्यक्ष
काष्ठमण्डप पुनःनिर्माणका लागि अभियान
मरु, कामनपा — २०

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १४, २०७४  १९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC