site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सहरमा भन्दा गाउँमा बढी उत्साह
Ghorahi CementGhorahi Cement

भैरहवा । रुपन्देहीका सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रका मतदातामा बढी उत्साह देखिएको छ । रुपन्देहीका मर्चवार, धकधई, लुम्बिनी क्षेत्रमा मतदाताको उत्साहपूर्ण सहभागीता छ । 
ग्र्रामीण क्षेत्रहरुमा महिला मतदाता बढी देखिएका छन् ।

रुपन्देहीको मर्चवारअन्तर्गत कोटहीमाई, सम्मरीमाई, मायादेवी र मर्चवारी गाउँपालिका तथा लुम्बिनी सांस्कृतिक नगरपालिकामा चुनाव बहिष्कारको घोषणा गरेको राजपाका नेता कार्यकर्ता नै चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर चुनावमा भाग लिएपछि उत्साह झनै छ । १ सय ७१ जना त्यस्ता कार्यकर्ता चुनावी मैदानमा छन् । 

Agni Group

रुपन्देहीको मर्चवार क्षेत्रका अधिकांश मतदान केन्द्रमा महिला तथा किसानको मतदान गर्ने लाइन लागेको छ । यसअघि मतदानमा भाग नलिएका यहाँका महिला तथा किसान पनि बुधबार निकै उल्लासमय वातावरणमा भोट दिन लाइनमा बसेका छन् । लुम्बिनी क्षेत्रको लुम्बिनी सांस्कृतिक नगरपालिकामा चुनाव बहिष्कार गर्ने घोषणा गरेको राष्ट्रिय जनता पार्टीका नेता, कार्यकर्ताले पनि स्वतन्त्र रुपमा भाग लिएका छन् ।

चुनाव बहिष्कारले जनताको मन जित्न र शासन सत्तामा पहुँच बढाउन नसकिने भएकाले चुनावमा आएको उनीहरु बताउँछन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १४, २०७४  १५:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC