site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मतपेटिकाभित्र एसिड हालेको पुष्टि, जलेका मतपत्र बदर
Sarbottam CementSarbottam Cement

काठमाडौं । रोल्पा नगरपालिका वडा नं. १० मा रहेको भनभने मतदान केन्द्रमा मत पेटिकाभित्र एसिड हालेको पाइएको छ । रोल्पाका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईका अनुसार बिहान करिब साढे १० बजे मतपेटिकाभित्र एसिड हालिएकाले तीन घण्टा मतदान स्थगित भएको थियो ।

उक्त केन्द्रका राजनीतिक दलका प्रतिनिधले पुनः मतदान  सुचारु गर्न सहमत भएकाले जलेका मतपत्रलाई बदर गरेर मतदान सुचारु हुने भट्टराईले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

एसिडबाट ६/७ वटा मतपत्र मात्रै जलेको र मतदान नरोकिने उनले बताए । भनभनेमा करिब ६ सय मतदाता रहेकोमा करिब १५० मत खसिसकेको थियो ।

मतपेटिकामा तेजाब हालेपछि स्थगित रोल्पा नगरपालिका– १० स्थित जनता आधारभूत विद्यालय भवनमा मतदान केन्द्रको मतदान प्रक्रिया ढिलागरी मात्रै पुनः सञ्चालन भएको हो ।
सर्वदलीय बैठकको निर्णयानुसार स्थगित मतदान पुनः सञ्चालन गर्ने सहमति भएको थियो । त्यसपछि मतदान सुरु भएको मतदान अधिकृत भरतमणि पाखरेलले जानकारी दिए ।
एक सय ५० मत खसिसकेपछि एक अपरिचित व्यक्तिले लुकाएर लगेको तेजाब मतपेटिकामा खन्याएका थिए । तेजाव खन्याएपछि मतपेटिकामा रहेका १५ मत जलेको बताइएको छ । सर्वदलीय बैठकपछि मतदान नगरेकाहरुलाई मात्र मतदान प्रक्रियामा समावेश गराइएको छ । तर जलेका १५ मत भने रद्द गर्ने सहमति भएको छ ।
तर एसिड कसले हालिदियो भन्ने पुष्टि हुन सकेको छैन । 
यसैबीच घटनास्थलतर्फ जान भनी सदरमुकामबाट हिँडेको मुख्य निर्वाचन अधिकृत कमलप्रसाद ज्ञवालीको टोली बाटामा गएको पहिराका कारण सदरमुकामतर्फ फिर्ता भएको छ । 
त्यसबाहेक रोल्पाका सबैजसो मतदान केन्द्रमा शान्तिपूर्ण ढङ्गले मतदान भएको छ । नेकपाका कार्यकर्ताले नेपाली कांग्रेससँग सहकार्य गरी स्वतन्त्र उम्मेदवारी दिएपछि थवाङीहरु निर्वाचनमा सहभागी भएसँगै त्यहाँको सुरक्षा अवस्था सहज भएको बताइएको छ ।
त्यसैगरी     रोल्पा नगरपालिका–८ मा रहेको मतदान केन्द्रबाट १०३ वर्षीय गङ्जबहादुर ओलीले मतदान गरेका छन् ।  उनी जिल्लामा सबैभन्दा बढी उमेरका मतदाता हुन् । ओलीले सो मतदान केन्द्रमा आफन्तको सहयोगमा पहिलो मत खसालेका थिए ।

Global Ime bank

मतदानपछि प्रतिक्रिया दिँदै ओलीले गाउँघरको विकास गर्ने आशाले मतदान गरी आफ्नो सपना पूरा भएको देख्न चाहेको बताए । “राम्रो उमेदवार हेरेर मतदान गरेको छु”, ओलीले भने ।
जिल्लामा हालसम्म करिब ६० प्रतिशत मतदान भइसकेको बताइएको छ । यहाँ १५४ मतदान केन्द्र र ८० मतदानस्थल छन् । जिल्लामा पुरुष मतदाता ५६ हजार ७८६ र महिला मतदाता ६० हजार ४७५  छन् । राससको सहयोगमा 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १४, २०७४  १३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC