site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आइसीसी महिला विश्वकपमा आयोजक इंग्ल्यान्डको पहिलो जित 
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  इंग्ल्यान्डले घरेलु मैदानमा जारी आइसीसी महिला एकदिवसीय विश्वकप क्रिकेटमा पहिलो जित हासिल गरेको छ  । बर्षाले प्रभावित मंगलबार राती भएको खेलमा पाकिस्तानलाई डकवर्थ लेविस (डिएल) का आधारमा १०७ रनले पराजित गर्दै पहिलो जित निकालेको हो ।
लेष्टरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा  ३७७ रनको योगफल तयार गरेको थियो । इंग्ल्यान्डको उच्च योगफलमा शतकीय पारी खेलकी नाताली सिभर र कप्तान हिथर नाइटले तेस्रो विकेटका लागि २१३ रनको साझेदारी गरेका थिए ।

सिभरले १३७ तथा कप्तान नाइटले १०६ रनको शतकीय पारी खेलिन् । पाकिस्तानकी अस्माभी इकबालले ३ विकेट लिईन । इंग्ल्यान्डले बनाएको यो स्कोर महिला विश्वकपमा दोस्रो ठूलो योगफल हो । यसअघि अष्ट्रेलियाले सन् १९९७ मा डेनमार्क्विरुद्ध ३ विकेटको क्षतिमा बनाएको ४१२ रन महिला विश्वकपमा अहिलेसम्मको सर्वा्धिक योगफल हो ।

Prabhu Bank
Agni Group
NIC Asia

इंग्ल्यान्डले दिएको ३७८ रनको लक्ष्यसहित पाकिस्तानले जवाफी ब्याटिङ्ग गरिरहदा खेल बर्षाले प्रभावित गर्यो  । त्यसपछि डकवर्थ लेविस (डिएल) का आधारमा पाकिस्तानले २९ ओभर २ बलमा २१५ रनको नयाँ लक्ष्य पायो  । तर, पाकिस्तानले निर्धारित २९ ओभर २ बलमा ३ विकेटको क्षतिमा मात्र १०७ रन बनाउन सक्यो ।

पाकिस्तानकी आयशा जाफरले अविजित ५६ तथा नैन अविदीले अविजित २३ रन जोडिन । इंग्ल्यान्डकी क्याथरिन ब्रुन्टले २ विकेट लिइन् । यो जितसँगै दुई खेलबाट इंग्ल्यान्डले २ अंक जोडेको छ । र, इंग्ल्यान्ड तेस्रो स्थानमा छ । पहिलो खेलमा इंग्ल्यान्ड भारतसँग पराजित भएको थियो । पाकिस्तानको यो लगातर दोस्रो हार हो ।  अंकबिहिन पाकिस्तान पहिलो खेलमा दक्षिण अफ्रीकासँग पराजित भएको थियो ।  

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १४, २०७४  १२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC