काठमाडौं । पुँजी बढाउन देवः विकास बैंकले युनियन फाइनान्स लिमिटेड खरिद गर्ने भएको छ । युनियनलाई खरिद गर्न बैंकले असार २९ गते विशेष साधारणसभा बोलाएको छ ।
फाइनान्सकोे सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) का आधारमा देवको ५० बराबर युनियनको १ सय सेयर रहने गरी सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) कायम गर्ने प्रस्ताव साधारणसभामा पेश हुने भएको छ । सभाबाट पारित भएपछि औपचारिक रुपमा खरिद प्रक्रिया अघि बढ्ने छ ।
यस्तै थप पुँजी पुर्याउन बैंकले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव सञ्चालक समितिमा पेश गर्ने भएको छ । देवःले राष्ट्रिय स्तरको विकास बैंक हुन यो महिनासम्म चुक्तापुँजी साढे २ अर्ब पुर्याउने वाध्यकारी व्यवस्था भएकाले बैंकले वि त्तीय संस्था खरिद र हकप्रद सेयर निष्कासनका लागि प्रक्रिया सुरु गरेको हो ।