site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
आज मतदान, अशक्तलाई छुट्टै सुविधा  
Sarbottam CementSarbottam Cement

आज प्रदेश नं। १, ५ र ७ अन्तर्गत ३५ जिल्लामा ३३४ स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत मतदान हुँदैछ । प्रतिकूल मौसमका कारण कतिपय ठाउँमा मतदान केन्द्रहरूको व्यवस्थापनमा कमजोरी देखिएकाले ७ बजेदेखि नै मतदान प्रारम्भ हुने पूर्वयोजना प्रभावित भएको समाचार आइरहेको छ । कतिपय ठाउँमा आठ बजेसम्म पनि मतदान सुरु हुनसकेको छैन । मतदानका लागि अत्यन्त उत्सुक मतदाता मौसमको प्रतिकूलता र सम्बन्धित निकायको अव्यवस्थाले गर्दा अलिकति निरुत्साहित बनेका छन् । तैपनि मतदान केन्द्रमा मतदाताको भीड बिस्तारै बढ्दै गरेका समाचार ठाउँठाउँबाट आइरहेका छन् । आज समीक्षित सबैजसो पत्रिकाले निर्वाचनको समाचारलाई नै विभिन्न कोणबाट प्रस्तुत गरेका छन् । 

नयाँ पत्रिकामा योगेश ढकालले लेखेको ‘१५ हजार जनप्रतिनिधिको निर्वाचन आज, ६२ हजार उम्मेदवार परीक्षामा’ शीर्षक समाचारलाई मुख्य बनाइएको छ । समाचारअनुसार यो निर्वाचनमा ८ हजार ३६८ मतदान केन्द्रबाट १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुँदैछन् । निर्वाचनमा ६२ हजार ४०८ जना प्रतिस्पर्धामा उत्रेका छन् भने अशक्तलाई छुट्टै सुविधा उपलब्ध गराइँदै छ । 

नयाँ पत्रिकामा मुख्य समाचारअन्तर्गत नै ‘भरतपुरमा च्यातिएको मतपत्र सर्वोच्चलाई बुझाइयो’ शीर्षक राखेर निराजन पौडेलले समाचार लेखेका छन् । समाचारअनुसार भरतपुर महानगरपालिका–१९ को मतगणनाका क्रममा च्यातिएका मतपत्र मंगलबार सर्वोच्च अदालतमा पेस गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आजको निर्वाचनसँग सम्बन्धित रही अर्जुन सुवेदीले लेखेको ‘तीन प्रदेशमा आज मतदान’ शीर्षक समाचारलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । नागरिकमा निर्वाचनसँग नै सम्बन्धित कलेन्द्र सेजुवालले लेखेको ‘सद्भावमय चुनावी माहोल’ र दिनेश सुुवेदीले लेखेको ‘मताधिकार प्रयोग गर्दै थवाङ’ शीर्षक समाचार पनि छन् । कलेन्द्रको समाचारमा नेपालगञ्जमा विगतका चुनावहरूभन्दा एकदमै भिन्न सद्भाव युक्त चुनाव प्रचारप्रसार र शान्त एवं समझदारीपूर्ण चुनावी वातावरण देख्दा स्थानीय बासिन्दाहरू हर्षित बनेको उल्लेख छ ।

राजधानीमा महेश्वर गौतमले लेखेको ‘प्रदेश १, ५ र ७ मा निर्वाचन आज, निर्धक्क मतदान गर्न आयोगको अपिल, नामावली भए मताधिकार सुरक्षित’ शीर्षक समाचारलाई मुख्य बनाइएको छ भने ‘निराश छन् प्रदेश–२ का जनता’ शीर्षक एक अर्को समाचारमा प्रदेश नं।२ मा मतदान गर्न उत्सुक जनता पटकपटक गरी प्रदेश–२ को स्थानीय तहको निर्वाचन चार पटक सार्ने सरकारको निर्णयप्रति आक्रोशित बनेको उल्लेख छ । राजधानीमै विनोद परियारले ‘मत हाल्न तीन घन्टा पैदल’ शीर्षक राखेर बुटवलबाट पठाएको समाचारमा बुटवल उपमहानगर–१२ ज्यामिरे बस्तीका बासिन्दा ३ घन्टा पैदल हिँडेर भोट हाल्न आउन लागेको रोचक विवरण छ ।
अन्नपूर्ण पोस्टले निर्वाचनमा सुरक्षाव्यवस्थाको कोणलाई केन्द्रमा राखेर गोविन्द लुइँटेलले लेखेको ‘फुलप्रुफ सुरक्षाबीच आज निर्वाचन’ शीर्षक समाचारलाई मुख्य बनाएको छ । 

Global Ime bank


६१ अर्ब कर 


कान्तिपुरमा कृष्ण आचार्यले लेखेको ‘६१ अर्ब कर निर्धारण’ शीर्षक समाचारलाई एङ्कर बनाइएको छ । समाचारअनुसार एनसेल बिक्री भएको झन्डै डेढ वर्षपछि ठूला करदाता कार्यालयले कर निर्धारण गरेको छ । ठूला करदाता कार्यालयले मंगलबार जरिवाना र ब्याजसहित ६० अर्ब ७१ करोड रुपैयाँ बिक्रेता टेलियाको नाममा कर निर्धारण गरेको हो । समाचारअनुसार टेलियाले अबको १५ दिनभित्र उक्त रकम नबुझाए ब्याज रकम थप हुँदै जानेछ । 

तस्बिर समीक्षा


अन्नपूर्ण पोस्टको मुखपृष्ठमा बिर्तामोड–१० मा मतदानको अघिल्लो दिन किसानहरू रोपाइँको चटारोमा रहेको तस्बिर छ । तस्बिरको क्याप्सनमा बुधबार भोट हाल्न जानका लागि रोपाइँ नगर्ने किसानहरूको योजना रहेको उल्लेख छ ।
गोरखापत्रमा प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले मङ्गलबार आयोजित विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गरेको तस्बिरलाई मुख्य बनाइएको छ ।  

सम्पादकीय


नागरिकले ‘परनिर्भरताको पराकाष्ठा’ शीर्षक सम्पादकीय लेखेको छ । सम्पादकीयमा कृषि प्रधान मुलुक नेपालका २३ जिल्लाका बासिन्दाले सधै खाद्यान्न अभाव झेल्नु परिरहेको विडम्बनायुक्त परिस्थितिको विवेचना छ ।
नागरिकबाहेक समीक्षित अन्य सबै पत्रिकाले आज भैरहेको निर्वाचनमा केन्द्रित रहेर सम्पादकीय लेखेका छन् ।  
 नयाँ पत्रिकामा ‘लोकतन्त्र बलियो बनाउन मतदान’ शीर्षक सम्पादकीय लेखिएको छ । सम्पादकीयमा भनिएको छ, ‘‘स्थानीय निर्वाचन लोकतन्त्रलाई बलियो बनाउने आधार हो । त्यसैले मतदान गरौं । उचित उम्मेदवार छनोट गरौं र लोकतन्त्रलाई बलियो बनाउन सहयोग गरौं ।’’
कान्तिपुरको ‘स्थानीय सरकार बनाउने अवसर’ शीर्षक सम्पादकीयमा मताधिकारको सदुपयोगले लोकतन्त्रलाई सुदृढ बनाउने उल्लेख छ ।
अन्नपूर्ण पोस्टको सम्पादकीयको शीर्षक ‘हिंसा र निर्वाचन’ रहेको छ । सम्पादकीयमा निर्वाचनको पूर्वसन्ध्यामा चर्चामा आइरहेका बमविस्फोट र हिंसाका केही घटनातिर सम्बन्धित निकायको ध्यानाकर्षण गराउन खोजिएको छ ।  राजधानीको सम्पादकीयको शीर्षक ‘ऐतिहासिक अवसरमा सहभागी बनौं’ रहेको छ । 
गोरखापत्रले ‘विकासको दैलो उघार्ने निर्वाचन’ शीर्षक सम्पादकीय लेखेको छ ।  हिमालय टाइम्सको सम्पादकीयको शीर्षक ‘मतदाताको पालो’ रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १४, २०७४  ०८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC