site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विशेष प्रशिक्षणका लागि गल्फर प्रतिमा अमेरिका जाने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली नम्बर एक महिला गल्फर प्रतिमा शेर्पा विशेष प्रशिक्षणका लागि अमेरिका जाने भएकी छिन् । नेपाल गल्फ एसोसियसनको सहयोगमा प्रतिमा आगामी जुलाईमा अमेरिका जाने भएकी हुन् ।
करिब दुई महिना अमेरिकामा विशेष प्रशिक्षण र केही प्रतियोगितामा सहभागी हुन प्रतिमा जुलाई २ तारिखमा अमेरिका प्रस्थान गर्ने छन् । प्रतिमासँगै प्रशिक्षक सचिन भट्टराई पनि अमेरिका जाने छन् । १८ वर्षकी प्रतिमाले अमेरिकाको भेनचुरास्थित  ओलिभा  लिंक  गल्फ कोर्षमा विशेष प्रशिक्षण लिनेछिन्  । त्यस्तै प्रतिमाले टाइटलिस्ट पर्फर्मेन्स इन्स्टिच्युटमा फिटनेस सम्बन्धी एक हप्ते तालिम लिनेछिन् ।
प्रतिमा पहिलोपटक विशेष प्रशिक्षणका लागि नेपाल बाहिर जान लागेकी हुन् । नागरिकता नहँुदा अघिल्ला टुरहरु गुमाएकी प्रतिमाले ३ महिना अघि मात्र नागरिकता पाएकी थिइन् । र, प्रतिमाले यो भ्रमणलाई गल्फ करियरमा उपलब्धिमुलक हुने विश्वास लिएकी छिन् । “अमेरिकामा मैले अझै राम्रो ट्रेनिङ, खेल्ने र सिक्ने मौका पाउने छु,” पाँचौ हाण्डीक्याप प्रतिमाले भनिन्, “त्यहाँबाट फर्किएपछि मैले यहाँ अझ राम्रो गर्ने छु र अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत राम्रो गर्ने विश्वास लिएको छु ।” 
प्रतिमा नेपालमा नेपाली गल्फ खेलकुदमा उदीयमान खेलाडी हुन् । नेपाली महिला गल्फमा पछिल्लो समय प्रतिमाको दबदबा छ । प्रतिमाले अहिलेसम्म ३२ वटा एमेच्योर गल्फ प्रतियोगिताको उपाधि जितिसकेकी छिन् । प्रतिमाले यो प्रशिक्षणलाई आफ्नो करियरले थप उचाई लिने विश्वास समेत लिएकी छिन् । अमेरिका प्रशिक्षणको लागि नेपाल गल्फ एसोसियसन र कतार एयरवेजलाई धन्यवाद दिँदै प्रतिमाले थपिन्, “यो प्रशिक्षणले मलाई प्रोफेसनल खेलाडी बन्न सहयोग पुग्ने विश्वास छ ।”
प्रतिमाले अमेरिकमा रहदा प्रशिक्षणबाहेक तीन प्रतियोगितामा सहभागिता जनाउने छिन्  । प्रतिमाले जुलाई १८ देखी २१ सम्म हुने ५० औं टाइटलिस्ट म्याच प्ले च्याम्पियनसिप, जुलाई ३१ मा हुने फाउण्डर कप र अगस्ट ५ – ६ मा हुने टेलरमेड टुर च्याम्पियनसिप खेल्ने छिन् ।
अमेरिकामा रहँदा लाग्ने दुवैको खर्च नेपाल गल्फ एसोसियसनले बेहोर्ने छन् । यस्तै प्रतिमा र प्रशिक्षक सचिनको अमेरिका जाने आउने टिकट कतार एयरवेजले प्रायोजन गर्नेछन् । मंगलबार आयोजित एक कार्यक्रमका बीच प्रतिमालाई कतार एयरवेजले टिकट हस्तान्तरण गरेको थियो । प्रतिमालाई एयरवेजको नेपाल प्रमुख जय प्रकाश नायरले टिकट हस्तान्तरण गरे ।
प्रतिमा र प्रशिक्षक सचिनको अमेरिकाको दुईतर्फी टिकट प्रायोजन गरेपछि बोल्दै एयरवेजको नेपाल प्रमुख नायरले विश्व खेलकुदमा कतार एयरवेज जोडिरहेको उल्लेख गर्दै प्रतिमा जस्ता प्रतिभावान खेलाडीलाई सहयोग गर्न पाउनु खुशी भएको बताए । 
“कतार एयरवेज विश्वको चर्चित क्लब बार्सिलोनासँग सहकार्य गर्दै आएको छ,” एयरवेजका नेपाल प्रमुख नायरले भने, “मलाई आशा छ प्रतिमाले त्यहा राम्रो गर्ने छन् । खेलकुदबाट प्रतिमाले नेपालको नाम राख्ने छन् र प्रतिमा जस्ता खेलाडीलाई सहयोग गर्नु हाम्रो लागि खुशीको कुरा हो ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १३, २०७४  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC