site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पुरुष सिंगल्समा नवीन च्याम्पियन
Ghorahi CementGhorahi Cement

काठमाडौं । आयोजक नेपाल वायु सेवा निगमका नवीनबहादुर शाक्य अन्तर एयरलायन्स टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार च्याम्पियन बनेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको ‘बेस्ट अफ सेभेन’ को फाइनलमा नवीनले कतार एयरवेजका कमल श्रेष्ठलाई ११–४, ११–४, ११–० र ११–८ को सोझो सेटमा सहजै पराजित गरे । निगमको ५० औं वार्षिकोत्सवदेखि अन्तर एयरलाइयन्स टेबलटेनिस प्रतियोगिताको सुरुआत भएको थियो । त्यसयता सबै संस्करणमा नवीन पुरुष सिंगल्समा च्याम्पियन बन्दै आएका छन् । निगमका सुरेशविक्रम हमाल तेश्रो भए ।

Agni Group

निगमको ५९ औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा नवीनले सहकर्मी प्रितम प्रधानसँग मिलेर पुरुष डबल्सको उपाधि पनि हात पारे । फाइनलमा नवीन र प्रितमको जोडीले निगमकै सुरेशविक्रम हमाल र बाबुराजा अवालेको जोडीलाई ११–७, ८–११, ११–६ र ११–८ को सेटमा हराए । निगमका जयबहादुर चन्द र समिर केसी तथा हिमालय एयरलायन्सका सनी श्रेष्ठ र रोविन रिजालको जोडी संयुक्त रुपमा तेश्रो बने ।

यसअघि राउन्ड रोविन लिगका आधारमा खेलाइको महिला सिंगल्स स्पर्धामा रन्जना पोखरेल पहिलो, उषा सिम्खडा दोश्रो र निमा डोमा शेर्पा तेश्रो भएका थिए । शीर्ष तीन स्थान हात पार्ने सबै निगमका हुन् ।

Global Ime bank

विजेतालाई निगमको ५९ औं वार्षिकोत्सवका अवसरमा शनिबार आर्मी अफिसर्स क्लबमा हुने समारोहमा पुरस्कृत गरिने छ ।
पुरुष÷महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः काठमाडौं–हङकङ–काठमाडौं, काठमाडौं–क्वालालम्पुर–काठमाडौं र काठमाडौं–बैंकक–काठमाडौंको हवाइ टिकट पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । चारदिने प्रतियोगितामा ४० पुरुष र ४ महिला प्रतिस्पर्धीले विभिन्न ३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १३, २०७४  १६:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC