site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पाकिस्तानी भूमी आतंकवादीलाई प्रयोग गर्न नदिन अमेरिका र भारतको आग्रह
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई आफ्नो भूमी आतंकवादी क्रियाकलापमा प्रयोग हुन नदिन आग्रह गरेका छन् ।

दुई राष्ट्राध्यक्षबीच भएको भेटवार्तापछि जारी गरिएको संयुक्त वक्तव्यमा पाकिस्तानलाई आतंकवाद विरुद्ध कदम चाल्नको लागि आग्रह गरिएको हो । पाकिस्तानमा रहेका आतंकवादी समूहले भारतमा हमला गर्ने गरेको आरोप नयाँ दिल्लीले लगाउँदै आएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

भेटका क्रममा अमेरिकाले कश्मीरी विद्रोही साइद सल्लाहुदिनलाई विश्वका आतंककारीको सूचीमा सुचिकृत गरेकोमा पनि भारतले धन्यवाद दिएको छ । साथै पाकिस्तानलाई आफ्नो केन्द्र बनाई अन्य क्षेत्रमा आतंकवादी क्रियाकलाप चलाइरहेको जइस–इ–मोहम्मद र लस्कर इ तोइवा विरूद्ध लड्नको लागि दुई देशबीच सहकार्य अझ बलियो बनाउनेबारे कुराकानी भएको ह्वाइट हाउसले जनाएको छ ।

दुबै देशका प्रमुखले पाकिस्तानलाई २००८ मा भएको मुम्बइ हमला र गत वर्षको पठानकोट हमलामा संलग्नलाई कानुनी दायरामा ल्याउन सुझाव समेत दिएका छन् । भेटवार्ताका क्रममा ट्रम्प र मोदबीच दुई देशबीचको व्यापारिक सम्बन्ध सुधारबारे पनि कुराकानी भएको जनाइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १३, २०७४  १३:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC