site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अमेरिका नै कतारको पक्षमा बोलेपछि अन्य देशका सर्त पूरा नहुने 
Ghorahi CementGhorahi Cement

काठमाडौं । मध्यपूर्वमा उत्पन्न समस्याका सम्बन्धमा अमेरिकी सरकारले कतारको समर्थन गर्दै राजनैतिक संकट समाप्त गर्नका लागि अरब देशहरूले राखेका सर्त पूरा गर्न कठिन रहेको बताएको छ । बीबीसीका अनुसार अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले अरब देशहरूले कतारसामु राखेका माग पूरा गर्न कतार सरकारलाई निकै गाह्रो पर्ने टिप्पणी गरेका छन् ।

यसअघि साउदी अरब, इटाली, बहराइन र संयुक्त अरब इमिरेट्सले कतारसँग आगामी दश दिनभित्र इरानसँग रहेको उसको सम्बन्ध कम गर्न र टर्कीको सैन्य अड्डा बन्द गर्न माग गरेका थिए ।

Agni Group

उक्त मागमा कतारको आर्थिक सहयोगमा  प्रसारण भैरहेको कतारी टेलिभिजन च्यानल अल–जजीरा बन्द गर्नुपर्ने माग पनि समाविष्ट थियो । कतारका विदेश मन्त्रीले गत शनिबार नै साउदी अरब आदि देशले राखेका यीलगायतका १३ वटा माग पूरा गर्न अस्वीकार गरिसकेका छन् । अब अमेरिकाले समेत कतारको पक्षमा बोलेपछि कतारको मनोबल बढेको विश्लेषकहरू बताउँछन् । अमेरिकी विदेश मन्त्रीले अरब देशहरूलाई सँगै बसेर छलफल गरी चरमपन्थीहरूले उत्पन्न गरेका समस्या समाधान गर्न आग्रह गरेका छन् । 

च्यानल बन्द गर्नुपर्ने साउदीलगायतका राष्ट्रहरूको मागप्रति अल जजीराले रोषपूर्ण प्रतिक्रिया व्यक्त गरेको छ । उसले यस्तो मागलाई वाक् स्वतन्त्रतामाथिको आक्रमण बताउँदै कुनै सरकार र प्रशासनको सामुन्ने नझुकीकन पत्रकारिता गर्ने आफ्नो अधिकारमाथि कसैले हस्तक्षेप गर्न नपाउने प्रतिक्रिया व्यक्त गरेको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १३, २०७४  ०१:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC