साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रेमगीत–२’ रिलिजका लागि तयार भएको छ । रेड स्टुडियोमा सोमबार अश्लेषा ठकुरी र सन्तोष सेनले अन्तिम स्वरांकन गरेसँगै चलचित्र प्रदर्शनका लागि तयारी अवस्थामा पुगेको हो ।
साउन १३ गते रिलिज हुने सिनेमाले सम्पादनका सबै विधाका काम सकेको हो । “अब प्रयत्न पब्लिसिटीमा केन्द्रित हुनेछौंर्,ं’ निर्देशक रामशरण पाठकले भने ।
देशभक्ति प्रेमकथा बोकेको सिनेमा अब प्रदर्शनका लागि तयार रहेको भन्दै निर्देशक पाठकले सिनेमाले आफूलाई समेत विश्वस्त तुल्याएको बताए । अभिनेता प्रदीप खड्का फिल्ममा प्रेमको रोलमा छन् । डेब्यु अभिनेत्री अश्लेषा प्रदीपको अपोजिटमा छिन् ।
प्रकाशित मिति: सोमबार, असार १२, २०७४ १८:२६
प्रतिक्रिया दिनुहोस्