site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
धुर्मुस–सुन्तलीको ‘ड्रिम प्रोजेक्ट’: ५ अर्बको योजना, ४० लाख उठ्यो 
Ghorahi CementGhorahi Cement

काठमाडौं । हास्य कलाकार सीताराम कट्टेल धुर्मुसले ‘नमुना नेपाल’ निर्माणका लागि सम्भावित जग्गा छनोट गरी स्वीकृतिका लागि मन्त्रालयमा पठाएको बताएका छन् ।

केही ठाउँका जग्गा छनोट गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएका छौँ । मन्त्रालयले अन्य मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्मा लैजाने विश्वास लिएका छौँ  र मन्त्रिपरिषद्को बैठकले जग्गा उपलब्ध गराउनेमा हामी विश्वस्त छौँ,” उनले बाह्रखरीसँग भने । स्थानीय तहमा वडा कार्यालय, सामुदायिक वन, स्थानीय स्तरमा क्रियाशील राजनीतिक दलसँग स्वीकृति र समन्वय भइसकेकाले सरकारलाई यथाशीघ्र निर्णय लिन उनले अनुरोध पनि गरे । 

“पर्यटन मन्त्रालयले अन्य मन्त्रालयलाई पत्राचार÷समन्वय गरेको खबर हामीले पाएका छौँ । वन मन्त्रालयलाई पनि छिटो र सहज प्रक्रियाद्वारा काम टुंग्याइदिन हामीले अनुरोध गरेका छौँ,” उनले भने ।

Agni Group

नमुना नेपाल निर्माणका लागि धर्मुस–सुन्तली फाउन्डेसनले काभ्रेको धुलिखेल, पाँचखाल, भक्तपुर, ललितपुरमा एक हजारदेखि दुई हजार रोपनीसम्म जग्गा हेरेको र तीनैमध्येबाट स्वीकृतिका लागि मन्त्रालयमा पठाइएको उनको भनाइ छ ।

सरकारले जग्गा उपलब्ध गराउनासाथ विकासको नयाँ लहर 

Global Ime bank

 

कट्टेलले सरकारले जग्गा उपलब्ध गराउनासाथ विकासको नयाँ लहर सुरुआत हुने दाबी गरे । “हामीले स्थानीय स्तरमा गर्नुपर्ने काम टुंग्याइसकेका छौँ । राष्ट्रिय प्रतिष्ठा र गौरवको आयोजना भएकाले सरकारको ध्यानाकर्षण छिटो हुनेछ भन्नेमा हामी ढुक्क छौँ,” उनले प्रष्ट्याए ।

“संसारभर रहेका नेपाली, नेपालभाषीहरू उत्साहित हुनुभएको छ, कहिलेबाट परियोजना सुरू हुन्छ भनेर सोधिरहनुभएको छ । नुमना नेपाल परियोजना छिटो प्रारम्भ होस् भन्ने चाहेका छौँ,” उनले थपे ।

\"\"

४० लाख उठ्यो

 

नमुना नेपाल पाँच अर्बको प्रस्तावित योजना हो । अहिलेसम्म परियोजनाको लागि भनेर ४० लाख जम्मा भएको उनको भनाइ छ । “जग्गा उपलब्ध नभएकाले सहयोगको प्रस्ताव नआएको हो । जग्गा उपलब्ध हुनासाथ ठूलो लहर आउने छ,” उनले दाबी गरे । मुक्तिनाथ विकास बैंक र अल्का अस्पतालले सोही दिन सहयोगको घोषणा गरेका थिए । अहिले पनि दिनहुँ फाउन्डेसनको कोषमा सानो–ठूलो सहयोग प्राप्त भइरहेको उनको भनाइ छ ।

उनले नमुना नेपाल नेपाल र नेपालीको पहिचान र गौरव भएकाले घर–घरबाट रकम जुट्ने विश्वाससमेत व्यक्त गरे ।

नुमना नेपालमा भ्यू टावरसहितको धरहरादेखि अन्य सांस्कृतिक धरोहरको प्रतिमूर्ति स्थापना गरिने लक्ष्य छ । त्यस्तै हिमाल, पहाड, तराईको पहिचान, परम्परा झल्कने संरचना स्थापना गरिने फाउन्डेसनले जानकारी दिएको छ । फाउन्डेसनमा ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक संग्रहालय, सामुदायिक अस्पताल, शिक्षालय, खेलकुद स्टेडियमसमेत बनाइनेछ ।

फाउन्डेसनले यसअघि काभ्रे, पाँचखालको पहरी बस्तीमा २० घर, सिन्धुपाल्चोकको गिरानचौरमा एक सामुदायिक भवनसहित ६६ घर र महोत्तरी बर्दिबासमा ५५ मुसहर समुदायको लागि एकीकृत नमुना बस्ती बनाइसकेको छ ।

नमुना नेपाल ७५ जिल्लाको पीडितहरूको सामुहिक आवास र राष्ट्रिय महत्त्वको आयोजना भएको कट्टेलको दाबी छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १२, २०७४  १२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC