site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भूकम्पपीडितका लागि ल्याएको जस्तापाता बिक्री भएन, ब्याज र गोदाम भाडामै ५ करोड खर्च !
Sarbottam CementSarbottam Cement

काठमाडौं । भूकम्पपीडितलाई बेच्न किनेर ल्याएको जस्तापाता बिक्री नभएपछि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सरकारसँग शोधभर्ना मागेको छ । ०७२ वैशाख १२ को भूकम्पपछि सरकारको निर्देशनमा कर्पोरसनले ३० करोड रुपैयाँ मूल्यबराबरको ५० हजार बण्डल जस्तापाता भारतबाट खरिद गरेको थियो ।

अहिलेसम्म एक बण्डल पनि नबिकी उक्त जस्तापाता कर्पोरेसनको वीरगञ्जस्थित अञ्चल कार्यालयमा थन्किएको छ । कर्पोरेसनका अनुसार हालसम्म उक्त रकमको ब्याज, गोदाम भाडा तथा कामदार खर्चलगायत गरी करिब पौने ५ करोड रुपैयाँ पुगेको छ । सो बराबर कर्पोरेसनले सरकारसँग शोधभर्ना मागेको हो ।

कर्पोरेसनका सहायक महाप्रबन्धक कुमार राजभण्डारीले कर्पोरेसनले लगानी गरेको रकमको ब्याज, गोदाम भाडा तथा कामदारमा खर्चिएकोे रकम गरी दुई महिना अघिसम्ममा ४ करोड ७४ लाख रुपैयाँ पुगेको बताए । “सोबराबरको रकम कम्पनीले सरकारसँग माग गरेको हो,” उनले बाह्रखरीसँग भने ।

Prabhu Bank
Agni Group
NIC Asia

भूकम्प गएलगत्तै ०७२ जेठ २२ गते बसेको मन्त्रीपरिषद् बैठकले विद्यालय, स्वास्थ्य चौकी र सार्वजनिक भवनमा प्रयोग हुने जस्तापाता कर्पोरेसनले आयात गरी पर्याप्त आपूर्ति गर्ने व्यवस्था मिलाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार कर्पोरेसनले साउन पहिलो साता जस्तापाता भारतबाट आयात गरेको थियो । कर्पोरेसनले ३० करोड रुपैयाँ खर्च गरी ५० हजार बण्डल जस्तापाता  भित्र्याएको थियो । उक्त जस्तापाता सरकारको अकर्मण्यताका कारण भूकम्प गएको दुई वर्ष नाघिसक्दा पनि बिक्री हुन नसकेको कर्पोरेसनको आरोप छ । 

“अहिलेसम्म पटक–पटक आपूर्ति मन्त्रालयमार्फत शिक्षा र स्वास्थ्य मन्त्रालयमा जस्तापाता खरिद गर्न अनुरोध गरेका थियौं तर, अनुरोध खेर गयो,” उनले भने, “वास्तवमा सरकारले मुख्यगरी शिक्षा र स्वास्थ्य सम्बन्धी विभिन्न सार्वजनिक भवनहरुको पुनर्निर्माणमा प्रयोग गर्न कम्पनीलाई जस्तापाता ल्याउन निर्देशन दिएको थियो ।”

Global Ime bank

उद्देश्य अनुरुप ती निकायहरुले खरिद नगरेको उनको भनाइ छ । पुनर्निर्माण प्राधिकरणदेखि सेना तथा प्रहरीसम्मलाई समेत जस्तापाता खरिद गर्न आग्रह गरिसकेको उनले बताए । तर कहीँबाट पनि सुनुवाइ नभएको उनको गुनासो छ । 

कर्पोरेसनलाई स्वतन्त्र रुपमा बजारमा उक्त जस्तापाता बिक्री गर्न सरकारले अधिकार नदिएको उनको भनाइ छ । उनका अनुसार सरकारले पहिले नै बिक्री गर्न दिएको भए यति ठूलो खर्चको भार नहुने थियो । अहिले पनि बजारमा बिक्री गर्ने वातावरण सरकारले मिलाइदिए कम्पनीले बिक्री गर्ने उनको भनाइ छ । कम्पनीको नभई सरकारका कारण अहिलेको समस्या निम्तिएको कर्पोरेसनको आरोप छ । 

सहायक महाप्रबन्धक राजभण्डारीले बिहीबारमात्रै उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति आपूर्ति तथा उपभोक्ता हित उपसमितिमा सरोकारवाला निकायहरुसँग छलफल भएको उनले बताए । 

अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख केवलप्रसाद भण्डारीले पनि कर्पोरेसनले शोधभर्ना क्षतिपूर्ति माग गरेको बताए । उनका अनुसार यसबारे छललफल भइरहेको छ ।

भारतको जिन्दल कम्पनीमा बनेको उक्त जस्तापाता नेपाली बजारमा उपलब्ध जस्तापाताभन्दा उच्च गुणस्तरीय रहेको कर्पोरेसनको दावी छ । विभिन्न साइजमा उपलब्ध उक्त जस्तापातामा ‘१२०÷जीएम÷एम २’ देखि ‘२५० जीएम÷एम २’ सम्म जिङ्क कोटिङ रहेको छ । 

जस्तापाता बिक्री गर्नेबारे संसदीय समिति तथा उपसमिति, आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालयलगायतका सरोकारवाला निकायहरुसँग धेरै पटक छलफल भइसकेको कर्पोरेसनका सहायक महाप्रबन्धक राजभण्डारीले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १२, २०७४  १२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC