काठमाडौं । ग्लोबल आईएमई बैंक र ल्यान्डमार्क होटेल रिसोर्ट एन्ड स्पाबीच बैंकका ग्राहक तथा कर्मचारीले होटेल, रिसोर्ट एवं स्पामा उपलब्ध विभिन्न सेवा तथा सुविधा पाउने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकको बजार तथा व्यवसाय प्रवर्द्धन प्रमुख शान्ता शिवाकोटी र ल्यान्डमार्क होटेलका उपाध्यक्ष शरद प्रधानले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात ल्यान्डमार्क होटेल रिसोर्ट काठमाडौं, पोखरा तथा चितवनमा रहेका होटेलबाट उपलब्ध सेवा तथा सुविधामा ग्लोबल आईएमई बैंकको डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड, मोबाइल बैंकिङ, ई-बैंकिङ तथा क्यूआर कोड प्रणालीमार्फत भुक्तानी गर्दा बैंकका ग्राहक तथा कर्मचारीहरुले छुट पाउने जनाइएको छ ।