site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
ओबामा भन्छन्– ट्रम्पमा विदेश नीति धान्न सक्ने ‘फोकस’ र धैर्यता नै छैन 
Sarbottam CementSarbottam Cement

एजेन्सी । पूर्वराष्ट्रपति बाराक ओबामाले बुधबार अमेरिकी विदेश नीतिमा उल्लेखनीय सुधार एवम् परिवर्तन ल्याउन राष्ट्रपति ट्रम्पसँग आवश्यक फोकस अनि धैर्यता नै नभएको बताएका हुन् । डेमोक्रेटका उमेदवार जो बाइडेनसँग चुनाव प्रचारको अन्तिम कार्यक्रममा सहभागी हुने तयारी गरिरहेका ओबामाले आफ्नै राष्ट्रपति कालको समीक्षा गर्नुका साथै पार्टीलाई अझ प्रगतिशील बनाउन केही सुझावहरु पनि दिएका हुन् । 

४५ मिनेट लामो ‘पोड सेभ अमेरिका’ पोडकास्टमा उनले मुख्यगरी ट्रम्पलाई लक्षित प्रतिक्रिया जनाएका हुन् । उनले भनेका छन्, “ट्रम्प अन्तर्राष्ट्रियरुपमा त्यति धेरै सक्रिय भएका छैनन् । अर्थात सत्य यही हो कि उनीसँग अमेरिकी विदेश नीतिमा साँच्चै बदलाव ल्याउन त्यही किसिमले आवश्यक पर्ने फोकस र धैर्यता नै छैन । यति मात्र नभइ उनले प्रणालीगत् रुपमा हाम्रो सम्पूर्ण विदेश नीति संरचनालाई नै तहसनहस पार्ने प्रयास पनि गरेका छन् । ”

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैले राष्ट्रपति निर्वाचित भएमा बाइडेनले सबैभन्दा पहिले यसैको सामना गर्नुपर्ने र उनमा यसअघि नै अमेरिकी नेतृत्वले केसम्म गर्न सक्छ भन्ने विषयमा राम्रो बुझाइ अनि सम्मान रहेको ओबामाले बताए । डेमोक्रेटको नेस्नल कन्भेन्सनका लागि बोलिसकेका ओबामा निर्वाचन अगाडिको अन्तिम हप्ता बाइडेनको समर्थनका लागि चुनाव अभियानमा सहभागी हुने अपेक्षा गरिएको छ ।

आफ्नो कार्यकालभरि ट्रम्पले ओबामामाथि पटकपटक सिधा हमला गरिरहेपनि ओबामाले भने उनको नाम लिएर आलोचना गरेका थिएनन् । अहिले मात्र उनले ट्रम्पले ट्वीटरमार्फत अपमानजनक, विवादास्पद र गलत व्यवहारमाथि प्रकाश पारेका हुन् र रिपब्लिकन संसदहरुले उनका त्यस्ता भनाइहरु बेवास्ता गर्दै आएको आरोप पनि लगाएका छन् । उनले हाँस्दै भने, “रिपब्लिकन नेताहरुले त्यस्तो कहिल्यै भएकै छैन जस्तो नाटक गर्ने गरेका छन् ।” रिपब्लिकनहरुले आफूहरु ट्रम्पको ट्वीट नदेखेको र नपढेको बताउने गरेका छन् ।  सिएनएन 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७  ०९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC