site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
\'एमालेले मात्रै देश बनाउन र बचाउन सक्छ\'
Sarbottam CementSarbottam Cement

सुनसरीको धरान उपमहानरपालिकालाई पनि यति बेला चुनावको चटारोले भ्याइनभ्याइ । रोपाइँको असार भन्दा पनि निर्वाचनको असारमा होमिएको धरानमा पनि अन्य नगरमा जस्तै तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । एकले अर्को दलको आलोचना गर्दै चुनावी प्रचारमा दलका तर्फबाट मेयरका उमेदवारहरु मतदाताको घरदैलोमा छन् । यसै क्रममा एमालेले तारा सुब्बालाई मेयरको उमेदवारका रुपमा अगाडि सारेको छ । सुब्बाले चुनाव जित्ने आधार के हो ? उनका चुनावी एजेण्डा तथा धरानका समस्या र समाधानका लागि उनले अगाडि सारेका समाधानका योजनाबारे केन्द्रित रहेर सुब्बासँग बाह्रखरीका लागि नरेश फुयाँल नवराज विष्टले गरेको कुराकानीः

२० वर्ष पछि स्थानीय निकाय (तह) को निर्वाचन भइरहेको छ । निर्वाचनप्रति जनताको उत्साह कस्तो छ ?
स्थानीय तहको निर्वाचन त नेपालको इतिहासमै पहिलो भएकाले जनता उत्साहित छन् । जनप्रतिनिधि निर्वाचित गराउन जनता आतुर छन् । जनताले जनप्रतिनिधिबाट मात्रै आफ्नो गाउँठाउँको विकास हुन्छ भन्ने आशा पनि गरेका छन् । 

नेकपा एमालेप्रति जनताको उत्साह कस्तो रहेछ ?
एमालेले खेलेको भूमिका, बनाएको योजना र एमालेले गरेको मुलुकको विकाकासका कारण एमालेले मात्रै देश बचाउन र बनाउन सक्छ भन्ने जनतामा भरोसा छ । त्यसैले हाम्रा नेता कार्यकर्ता तथा मतदाता निर्वाचनमा होमिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

के कारणले यत्रो भरोषा एमालेप्रति ?
सबैका आआफ्नै एजेण्डा छन् । कति मिल्छन् पनि होला । यो निर्वाचन अधिकार सम्पन्न निर्वाचन हो । जनताको इच्छा अनुसार संघीयता र लोकतन्त्रलाई संस्थागत गर्दै मुलुकलाई अगाडि बढाउने योजना बनाएका छौं । यसका लागि हामीले गर्दै आएको काम, धरानको विकासका लागि बनाएको खाका, स्थानीय निकायमा हाम्रो नेतृत्व हुँदा सुरु गरेका कामलाई मुर्तरुप दिनुपर्ने भएकाले पनि हामीलाई मतदाताले विश्वास गर्ने वातावरण बनेको हो । 

धरान र सुनसरीको नेतृत्व लगातार एमालेले गर्दै आएको छ । यहाँका समास्या के हुन् र त्यसको समाधानका उपाय एमाले सँग के छ ?
प्रजातन्त्रपछि हामीले ४८ सालको निर्वाचनमा मनमोहन अधिकारीलाई यहीँबाट जिताएका हौं । एवम प्रकारले हामीले यहाँ जितेका छौं । समस्या धेरै छन् । धेरै समस्याको समाधान पनि गरेका छौं । तर सीमित स्रोत र साधनका कारण भनेजस्तो विकास भने गर्न सकेनौं । 

Global Ime bank

पहिलो कम्युनिष्ट प्रधानमन्त्री धरानबाटै निर्वाचित हुनुभयो  । भलै यहाँबाट जितेको बेला उहाँ प्रधानमन्त्री हुनु भएन । तर, यहाँबाट जितेर गएको एमाले नेतृत्वले धरानलाई न्याय गरेन भन्ने गुनासो छ नि जनतामा ? 
०४८ सालमा मनमोहन प्रधानमन्त्री हुनु भएको हैन । तर जनताले जुन अपेक्षा गर्नु भएको छ त्यो कसैले पनि पुरा गर्न सक्दैन । 

भनेपछि जनप्रतिनिधिले काम गरेनन् भन्दा पनि जनताको महत्वाकांक्षा बढी भएको हो ?
जनताको महत्वाकांक्षा एकैपटक धेरै भएको हो भनेर पनि भन्न सकिन्छ होला । कसैले पनि एकैपटक जनताले भनेजति काम गर्न सक्छ भन्ने लाग्दैन । विकास भनेको चरणबद्ध हुँदै जाने हो । यो निरन्तरको अविराम प्रक्रियो हो भनेर बुझ्नुपर्छ ।

धरानको भौतिक पूर्वाधार विकासमा जनताको ४० प्रतिशत लगानी रहेछ नि ?
जनताको जनसहभागितामा आधारित भएर ६०/४० को अवधारणमा विकास चलचिरहेको छ । यो जनता आफैंले गरेको भन्दा पनि यो सोच र भिजन एमालेले ल्याएको हो । जनताले त्यसलाई स्वीकार गरेर लागु भएको हो । 

यहाँका जनताले लामो समयदेखिको माग एयरपोर्ट  निर्माण र खाने पानिको रहेछ । एमालेको पहुँच केन्द्रमा हुँदा र स्थानीय तहमा आफ्नै नेतृत्व हुँदा पनि काम गरेन भन्ने असन्तुष्टि रहेछ नि जनतामा ?
यो भ्रम मात्रै हो । धरानाको खाने पनि समस्याको समाधानका लागि एमालेजति अरु पार्टी लागेका छैनन् । एमालेको पहिलो नम्बरको कार्यसूची नै खाने पानी समस्याको समाधान हो । राजनीतिक संयन्त्रमार्फत हामीले यो काम गरेका हौं । यसको नेतृत्व एमालेले गरको छ । अहिले निर्वाचनको बेलामा अरु दलले मैले काम गरेको भनेर भन्दैछन् भने त्यो झुट हो । नेपाली कांग्रेसले खानेपानीको आयोजनाको सन्दर्भमा नगरकमिटीले अघिल्लो दिन फैसला गर्यो भोलीपल्ट क्षेत्रीय कमिटीले विरोध गरेको दस्तावेज सांक्षी छ । माओवादीको कुरा पनि यही हो । आज उहाँहरु नै ठूलठूलो गर्दै हिँड्नु भएको छ । 
एयरपोर्टको कुरामा पनि उहाँहरुले गरेको दाबी झुटा कुरा हो । एयरपोर्ट  मैले ल्याएको भनेर उहाँहरु भनिरहनु भएको छ । त्यो कसैले ल्याएको होइन आवश्यकताले जन्माएको हो । धरानका लागि एयरपोर्ट  आवश्यक भयो । तत्कालीन नगरप्रमुखको हैसियतले नेकपा एमालेको नेतृत्वमा काम सुरु भएको हो । अब भन्नुस कसले ल्यायो एयरपोर्ट ?

अवधारणा आयो तर यसका लागि आवश्यक पहल गरिएन कि सुनुवाई नभएको हो ? 
स्थानीय क्षेत्रबाट पर्याप्त पहल भएको छ । निर्माण प्रक्रिया नै गञ्जागोल छ इमान्दार भएर भन्ने हो भने । यो सरकारको प्राथमिकतामा परेको छैन । यसको सुरुआत यति एयरकर्पोरेट कम्पनीले निजी एयरपोर्ट बनाउने भनेर ७ बिघा जमिन किने देखि सुरुआत भएको छ । तर, पछि यसलाई ठूलो एयरपोर्ट बनाउने भनेर नागरिक उड्डय प्राधिकरणमा छलफल गरेर अगाडि बढाउने काम भएको हो । प्राधिकरणले धरान उपमहानरपालिकाले जग्गा उपलब्ध गराए मात्रै यसको काम सुरु हुन्छ भनेर पत्र पठायो । त्यसपछि हामीले उसले भनेजति सार्वजनिक जग्गा सर्बदलीय बैठकमार्फत निर्णय गरेर स्थानीय विकास मन्त्रालयमा पठाउने निर्णय गरेका छौं । वातावरणीय मूल्यांकन गर्ने काम भएको छ । अहिलेसम्म भएको काम यति मात्रै हो । 

प्रादेशीक राजधानी धरानलाई बनाउने भनेर प्रतिस्पर्धी दलहरुले भोट मागिरहेका छन् । यो आश्वासन तपाइँले मतदातालाई दिइरहनु भएको छ कि हैन ?
मिडियामा कति कुरा झुटो बोलेर पनि जाने गरेका छन् साथीहरु तर म त्यसो गर्दिन । सम्भवभएसम्म प्रदेशको राजधानी धरानमा बनाउन म पनि पहल गर्नेछु, म यती मात्रै भन्छु । 

यसको मतलब सम्भावना कम छ भन्ने हो ? 
नगरप्रमुखको उमेदवारले प्रदेशको राजधानी ग्यारेन्टीका साथ ल्याउँछु भन्ने हैसियत राख्दैन नि । तर, यदी मैले भोली निर्वाचन जितेँ भने म प्रयास गर्छु ।

मतदाताका घरमा पुग्दा मुख्य प्रतिस्पर्धी कुन दल पाउनुभयो ?
हिजो पनि हाम्रो प्रतिस्पर्धी कांग्रेस थियो । आज पनि कांग्रेस नै हो । 

एमालेले धरानमा चुनाव जित्ने आधार के हो ? 
जनताको भरोषा नै हो । हामीले हिजो नेतृत्वमा रहँदा गरेका काम, हामीले यहाँका समस्या समाधान गर्न समस्याको सूचीकृत गरेका छौं । धरानलाई हामीले सांस्कृतिक शहर बनाउने, शैक्षिक केन्द्रको रुपमा विकास गर्ने, पर्यटन क्षेत्र बनाउने भनेका छौं । खानेपानी समस्याको समाधान, बसपार्क निर्माण, सभागृहको विकास गर्ने, धरानको वैज्ञानिक नापी गर्ने र ४०/६० को अवधारणमा अनुसार बनेको सडकको धनीपूर्जाको लगत कट्टा भएको छैन । जसका कारण सडकको पनि घरधनीले कर तिर्नुपरिरहेको छ । त्यसैले यसको अन्त्य गर्न चहान्छौं । सार्वजनिक जमिन नापी गरेर आवश्ककता अनुसार सार्वजनिकस्थल बनाउने योजना अघि सारेका छौं । 

धरानको निर्णायक भोट सुकुम्बासी मतदातालाई लिइएको पाइयो । एमालेले कत्तिको रिझाएको छ सुकुम्बासीलाई ?
सुकुम्बासीको समस्यालाई हामीले नजिकबाट नियालेकाले उहाँहरुमा हाम्रो पक्कड राम्रो छ । उहाँहरुको समस्या समाधानका लागि योजना पनि बनाएका छौं । धरानलाई सुकुम्बासी मुक्त क्षेत्र बनाउने, उनीहरुलाई जमिनको मालिक बनाउने सोचका छौं । धनीपूर्जा वितरण गर्दैछौं । 

यो एजेण्डा त माओवादीले द्वन्द्वकालमा उठाएको थियो । तर अझै उसले गर्न सकेको छैन । तपाइँँले भनेजस्तो सहजै यो काम गर्न सकिन्छ ? 
चुनौती छ  । तर त्यही चुनौतीका बाबजुद हामी काम गर्नेछौं । 

सुकुम्बासीमा हाम्रो राम्रो उपस्थिति रहेको माओवादी केन्द्रले दाबी गर्दै आएको छ नि ?
त्यस्तो देखिदैन । के आधारमा मओवादीलाई सुकुम्बासीले विश्वास गर्ने ? बोलेर मात्रै हुँदैन । आधार चाहिन्छ । एमालेले त बोलेको काम गर्छ । ०५१ सालमा ६५ हजार सुकुम्बासीलाई धनीपूर्जा वितरण गरेको छ । एमालेले सुकुम्बासीको समस्या समाधानका लागि कार्ययोजना अगाडि सारेको छ । त्यही कार्ययोजना अनुसार हामीले काम गर्न सक्यौं भने हामी सुकुम्बासी बस्तिलाई नमुना बस्तीका रुपमा रुपान्तरण गर्नेछौं । 

मतदातालाई के भन्न चहानुहुन्छ ?
स्थानीय सरकार निर्माण गर्नका लागि हामीलाई मत दिनुस् । धरानको विकास र समृद्धिका लागि सबै मिलेर अगाडि बढौं । हाम्रो सुन्दर धरानका लागि आफूलाई क्रमिक रुपले सुधारु गर्दै जाउँ भन्ने मेरो अपिल छ । 

राजपाले चुनाव बहिष्कार गर्नुलाई मेयरको उमेदवारको नाताले कसरी लिनुभएको छ ?
राजपाले किन चुनाव बहिष्कार गर्यो बुझी नसक्नुछ । जनता चुनाव चहान्छन् । जनता घरआगनमा विकास भएको हेर्न चाहन्छन् । वास्तविक नजरमा तराईका जनता आफ्नो ठाउँमा निर्वाचन भएको देख्न चहान्छ । आफ्नो जनप्रतिनिध आएको जनता देख्न चहान्छ । तर कुन स्वार्थले हो राजपाको माथिल्लो तहमा नेताले चुनाव बहिष्कार गरे । त्यसको प्रत्यक्ष असर २ नम्बर प्रदेशका जनतालाई परेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १०, २०७४  १५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC