देश
धरान । धरान उपमहानगरपालिका १५ मा होम आइसोलेसनमा बसेका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । करिब ७० वर्षीय उनको आज बिहान घरमा नै मृत्यु भएको हो ।
उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बेलायत जान एक साताअघि बीपी प्रतिष्ठानमा शुल्क तिरेर पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए ।
छोराको मृत्यु संस्कारमा भाग लिन बेलायतबाट आएका उनी रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेसनमा बसेका थिए । बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा भिड भएका कारण उनलाई घरमै राखिएको थियो । सेनाको टोलीबाट शव व्यवस्थापन हुन लागेको छ । धरानमा एक पत्रकारसहित ८२ जनामा आज सङ्क्रमण पुष्टि भएको छ । -रासस
प्रकाशित मिति: सोमबार, असोज २६, २०७७ ११:२३
प्रतिक्रिया दिनुहोस्