site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
पार्टीको अवसान

करिब २६ वर्ष पहिले राष्ट्रपति बोरिस एल्त्सिनले जारी गरेको आदेशले रुसी महासंघका सबै कलकारखाना, विश्वविद्यालयलगायत सार्वजनिक क्षेत्रमा कम्युनिस्ट पार्टीको संगठन सञ्चालन गर्न प्रतिबन्ध लाग्यो । एल्त्सिनको आदेश जरुरीभन्दा बढी नै थियो । कुनै जमानाको भयावह संगठन सोभियत कम्युनिस्ट पार्टी आफ्नै अक्षमता र त्रूmरताका कारण समाप्त प्रायः भइसकेको थियो । 

अहिले फेरि पश्चिम र विकासशील मुलुकमा कुनै बेलाका ठूला राजनीतिक दलहरू द्रू्रत गतिमा विस्मृतिको गर्त भइरहेको भान हुन्छ । सोभियत संघको विघटनको केही महिना पहिले एल्त्सिनको आदेश जारिभएकाले सोभियत कम्युनिस्ट पार्टीको अवसान तर्कसंगत देखिन्छ भने फ्रान्स र भारतजस्ता मुलुकका ठूला राजनीतिक दलहरूको अवनतिको व्याख्या गर्न भने सजिलो छैन ।

राष्ट्रपति इम्यानुएल म्याक्रोँको वर्ष दिन पुरानो राजनीतिक आन्दोलनबाट स्थापित दलले फ्रान्सको संसद्मा अत्यधिक बहुमत ल्याएको छ । कुनै समयमा माक्रों स्वयं अर्थमन्त्री भएर संलग्न रहेको सोसलिस्ट पार्टी अहिले ट्रटस्कीले भनेजस्तो ‘इतिहासको कुडादानी‘मा फालिन पुगेको छ । फ्रान्सको अर्को मूलधारको ठूलो दल चार्लस डेगालको उत्तराधिकार बोकेको मध्यदक्षिणपन्थी रिपब्लिकन पार्टीले पनि खासै राम्रो गरेको देखिँदैन । 

Agni Group

केही दिन पहिलेसम्म त चरम वामपन्थी जेरेमी कोर्बिनको नेतृत्वको बेलायतको लेबर पार्टी पनि अवसानकै बाटामा उन्मुख देखिएको थियो । तर, पछिल्लो निर्वाचनमा कन्जरवेटिव पार्टीकी प्रधानमन्त्री टरेजा मेको निर्वाचन अभियानमा पूर्ण अक्षमताका कारण लेबर पार्टीले बौराउने मौका पायो । तर, कोर्बिनले उनको पार्टीलाई साँच्चै नै एकताबद्ध र सशक्त बनाउन सक्लान् त भन्ने प्रश्न भन्ने अनिश्चितै छ । 

विकासोन्मुख मुलुकहरूमा भारतमा बेलायतको उपनिवेशबाट मुलुकलाई स्वतन्त्रता दिलाउने आन्दोलनको नेतृत्व गर्ने भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको भारतीय राष्ट्रिय कांग्रेस ओरालो लागेको देखिएको छ । नेहरुका नाति तथा प्रधानमन्त्री इन्दिरा गान्धीका छोरा प्रधानमन्त्री राजीव गान्धीकी विधवा सोनिया गान्धी र उनका छोरा राहुल गान्धीको कमजोर नेतृत्वका कारण कांग्रेस उत्तरप्रदेश जस्ता राज्यमा समेत आप्mनो परम्परागत जनाधार कायम राख्न असमर्थ हुन पुगेको छ । बास्तबमा यसको प्रमुख प्रतिस्पर्धी भारतीय जनता पार्टीले २०१९ को लोकभिा निर्वाचनसमेत हात पारिसकेजस्तो देखिन्छ।  

Global Ime bank

दक्षिण अफ्रिकामा रंगभेदवादी शासन समाप्त पार्न प्रमुख भूमिका भएको राष्ट्रिय स्वतन्त्रता संघर्षको अर्को महान् पार्टीै अफ्रिकन नेसनल कांग्रेस यसरी नै ओरालो लागेको छ । नेल्सन मन्डेलाले अध्यक्षता त्याग गरेको १८ वर्षमै अफ्रिकन नेसनल कांग्रेस राष्ट्रपति ज्याकोब जुमाको भ्रष्ट शासनका कारण धर्मराई रहेको छ । यसै वर्ष नयाँ नेतृत्व चुनिएलगत्तै परस्परमा शत्रुता र कटुतापूर्ण सम्बन्ध रहेका गुटहरूको औपचारिकरूपमै विभाजन हुने सम्भावना प्रशस्तै छ ।

यसभन्दा पहिले पनि ठूला राजनीतिक दलहरूको अवसान भएको छ । उन्नाइसौं र बीसौं शताब्दीको सुरुतिर बेलायतमा कन्जरवेटिव पार्टीको प्रतिस्पर्धी लेबर हैन लिबरल पार्टी हुने गथ्र्यो । विलियम ग्ल्याडस्टोन, डेविड लियोड जर्जजस्ता नेतृत्वमा लिबरल पार्टी फस्टाएको थियो । तैपनि, त्यो पार्टी पहिलो विश्वयुद्धको केही वर्षपछि खिइँदै गयो । पछि इतिहासकार हुनपुगेका बेलायती पत्रकार जर्ज डेंगरफिल्डले  आफ्नो पुस्तक ’द स्टे«न्च डेथ अफ लिबरल इङ्ल्यान्ड’मा यसको विवरण दिएका छन् । 

इटालीमा विश्वयुद्धपछिका राजनीतिक दलहरू क्रिश्चियन डेमोक्य्राट, कम्युनिस्ट र सोसलिस्ट पार्टीहरूको पनि सन् १९९२ को भ्रष्टाचार काण्डपछि अस्तित्व नै समाप्त भयो । अर्को वर्ष क्यानाडाको कन्जरवेटिव पार्टी पनि संसदीय निर्वाचनमा बढारिएको थियो । उसले १ सय ५१ स्थानमध्ये २ स्थानमा मात्र कायम राख्न सकेको थियो । 

राजनीतिक दलहरूको समापनका लागि अनेकौं व्याख्या गर्ने गरिएको छ । पश्चिमी मुलुकका कम्युनिस्ट पार्टीहरूको पनि कामदार वर्गका मतदाता मध्यम वर्गमा सरेपछि सोभियत कम्युनिस्ट पार्टीको जस्तै अवसान भएको मानिन्छ ।
संयुक्त सरकारको प्रचलन भएका मुलुकहरूमा समान विचारधारा भएका दलहरूबीच समर्थन परिवर्तन गर्न मतदाताहरूलाई सहज हुनसक्छ । मतदाताहरूमा राजनीतिक दलहरूलाई साम्प्रदायिक निष्ठाको संस्थाको साटो उपभोग्य वस्तुको ब्रान्ड ठान्ने मानसिकता बढ्दै गएकाले उनीहरुले आप्mनो रुचिअनुसार नभएमा फेर्न सकिने धारण बनेको देखिन्छ । 

यस अतिरिक्त अहिले मतदातामा दलहरूको समग्र कार्यक्रमको साटो एउटा वा दुइवटा मुख्य नीतिहरूमा केन्द्रित हुने गरेको प्रवृत्ति बढ्दै गएको छ । यस्तै सोचले गर्दा बेलायतको आप्रवासनमा केन्द्रित एउटामात्रै उद्देश्य भएको युके इन्डेपेन्डेन्ट पार्टीको प्रभाव बढेको हो ।

संसारका विकसित लोकतन्त्रहरूमा जनमत संग्रहको बढ्दो प्रयोगले उपभोक्तामुखी राजनीतिको प्रत्यक्ष वृद्धि हुँदैगएको देखिन्छ । तर, यसमा समस्या के छ भने जनमत संग्रहले उत्तरदायितालाई उपेक्षा गर्छ । भ्रामक प्रचारबाट जनमत बनाउन सकिने र मतदान हुने भएकाले बेलायतको युरोपबाट बहिर्गमनका पक्षमा भएको निर्णयजस्तो वाहियात परिणाम निस्कन सक्छ । यस्तो अवस्थामा नाटककार बर्टोल्ट ब्रेख्तले व्यंग्यात्मकरूपमा भनेजस्तै ’जनतालाई नै भंग गरेर अर्को निर्वाचन’ गर्नुको विकल्प हुँदैन ।

उपभोक्तामुखी मतदानको व्याख्याले फ्रान्स्को सोसलिस्ट पार्टीको अवसानलाई बुझाउन सक्ला तर भारतीय राष्ट्रिय कांग्रेस र अफ्रिकन नेसनल कांग्रेसको ह्रासोन्मुख अवस्थाको यथार्थ भने खुलाउन सक्तैन । तिनीहरूको समस्याको जरा ३ वटा अहंकारमा गाडिएको देखिन्छ ।

इन्डियन नेसनल कांग्रेसका हकमा अहंकार मूलतः वंशानुगत हो । नेहरुबाट इन्दिरा, राजीव हुँदै पार्टीको वर्तमान कमजोर नेता राहुलसम्म गान्धी नेहरु परिवारले नेतृत्व र कांग्रेसमाथिको नियन्त्रणलाई व्यक्तिको सीप र योग्यता जस्तो भए पनि स्वतः प्राप्त हुने जन्मसिद्ध अधिकारको रूपमा लिएको देखिन्छ । 

अफ्रिकन नेसनल कांग्रेसका हकमा उसको अहंकार सोभियत कम्युनिस्ट पार्टीको जस्तो देखापर्छ: पदमा निर्वाचित भएपछि निर्बाध भ्रष्टाचार गर्ने अधिकार हुन्छ भन्ने मान्दै राज्यको ’मालिक’ आपैmँ भएजस्तो ठान्ने प्रवृत्ति । यस प्रकारको अहंकारले पार्टीलाई यसका वास्तविक समर्थकबाट टाढा बनाउँछ र त्यही कारणले मतदाताले सम्भावित विकल्प खोज्न र फेला पार्न सजिलो महसुस गर्छन् ।  

परन्तु, राजनीतिक अवसान सधैँका लागि हुन्छ भन्ने चाहिँ हैन । देशमा ७१ वर्ष शासन गरेको मेक्सिकोको इन्स्टिच्युसनल रेवोल्युसनरी पार्टी सन् २००० मा पराजित भयो । त्यति बेला यो पार्टी सत्तामा कहिल्यै फर्कँदैन भन्ने अनुमान गरियो । तर, वर्तमान राष्ट्रपति एनरिक पेना नितोको सन् २०१२ मा भएको विजयले सोही पार्टीलाई सत्तामा फर्कायो ।

यही सम्भावना देखेरै गान्धी परिवार वा जुमा पार्टीको अवनतिप्रति चिन्तारहित भएका हुनसक्छन् । तैपनि एउटा प्रश्न भने बाँकी नै रहन्छ- के मृत्युपछि पुनःजीवन पाएको वस्तु पुनः उस्तै वा उही हुनसक्छ ? 
(प्राध्यापक, अन्तर्राष्ट्रिय सम्बन्ध) 

Copyright: Project Syndicate, 2017.

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ९, २०७४  १०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC