काठमाडौं । माइक्रो ब्लगको रुपमा समेत चिनिएको ट्वीटर हरेक महिना ३१३ मिलियन प्रयोगकर्ता (एक्टिभ) छन् । यी मध्ये पनि ८२ प्रतिशत प्रयोगकर्ताले मोबाइलबाट ट्वीटर चलाउंछन् । गत हप्ता ट्वीटरमा नयां इतिहास बन्यो, १० करोड फलोअर्स सहित । उनी थिइन् अमेरिकी पप गायिक केटी पेरी ।
१ केटी पेरी
विश्वमै पहिलो पटक १० करोड फलोअर्स भएकी पेरीलाई ट्वीटरले आफ्नै अकाउन्टबाट ट्वीट गर्दै बधाई दियो । सन् २००९ मा ट्वीटर अकाउन्ट खोलेकी पेरीले अहिलेसम्म ८ हजार पाँच सयभन्दा बढी ट्वीट गरिसकेकी छिन् । उनले आफ्नो अकाउन्टबाट २ सय ५ जनालाई फलो गरेकी छिन् ।
२ जस्टिन बिबर
क्यानेडिन पपस्टार सबैभन्दा धेरै फलोअर्स भएका दोस्रा सेलिब्रेटि हुन् । ट्वीटरमा उनलाई ९ करोड ६५ लाख प्रयोगकर्ताले फलो गर्छन् । उनले भने ३ लाख ३ हजार जनालाई फलो गरेका छन् भने सन् २००९ मा ट्वीटर अकाउन्ट खोलेदेखि अहिलेसम्म उनले ३० हजार ५ सयभन्दा बढी ट्वीट गरिसकेका छन् ।
३ बराक ओबामा
अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाको भेरिफाइड ट्वीटर एकाउन्टमा ९ करोड ६ लाख फलोअर्स छन् । पूर्व राष्ट्रपति ओबामाले ६ लाख २९ हजारलाई फलो गरेका छन् । सन् २००७ मा ट्वीटर खाता खोलेका ओबामाले २०१७ को जुनको मध्यसम्ममा १५ हजार ४ सयभन्दा बढी ट्वीट गरिसकेका छन् ।
४ टेलर स्वीफ्ट
अमेरिकी गायिका टेलर स्वीफ्टको भेरिफाइड ट्वीटर अकाउन्टमा ८ करोड ५१ लाखभन्दा बढी फलोअर्स छन् भने उनले पनि २ सय ४५ जनालाई फलो गरेकी छिन् । सन् २००८ मा ट्वीटरमा खाता खोलेकी स्वीफ्टले अहिलेसम्म ४ हजार १ सयभन्दा बढी ट्वीट हानिसकेकी छिन् ।
५ रिहाना
रोबिन रिहाना फेन्टीको ट्वीटर अकाउन्टमा ७ करोड ४१ लाख फलोअर्स छन् । बारबारियन गायिक रिहानाले ११ सय ३२ जनालाई फलो गरेकी छिन् । सन् २००८ मा ट्वीटर एकाउन्ट खोलेकी रिहानाले अहिलेसम्म ९ हजार ९ सयभन्दा बढी ट्वीट हानिसकेकी छिन् ।