site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना संक्रमणको अवस्था पत्ता लगाउन सातै प्रदेशमा एन्टिबडी परीक्षण गरिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपत्यकालगायत सातै प्रदेशमा समुदायमा कोरोना भाइरसको संक्रमणको अवस्था पत्ता लगाउन एन्टिबडी परीक्षण गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को प्राविधिक सहयोगमा आगामी साताबाट सातै प्रदेशको समुदायमा एन्टिबडी परीक्षण (सेरो प्रिभिलेन्स अध्ययन ) अघि बढाउने तयारी भएको जनाएको छ ।  

महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले पछिल्लो समय महिलामा संक्रमणको प्रतिशत बढेको र कुनै पनि ट्राभल हिस्ट्री नभएका संक्रमित बढ्न थालेकोले संक्रमण समुदायमा फैलिएको भन्‍न सकिने बताए । उनले भने, "तर, समुदायमा कोरोना कुन अवस्था छ भन्‍ने पत्ता लगाउन एन्टिबडी परीक्षणबाट नै थाहा हुने हो ।"

पहिला पुरुष कोरोना संक्रमित बढी थिए भने महिला कम थिए । अहिले महिलामा कोरोना संक्रमण हुने प्रतिशत बढेको उनी बताउँछन्  । 

Prabhu Bank
Agni Group
NIC Asia

अहिले एन्टिबडी परीक्षणबारे कर्मचारीहरुलाई तालिम दिने काम भइरहेको उनले जानकारी दिए  । उनले भने, “आगामी साताबाट सातै प्रदेशमा एकैपटक समुदायमा एन्टिबडी परीक्षण गर्ने तयारी छ ।”

यो सर्भे कतिमा गर्नेभन्दा पनि यसैको एक 'मेथड' हुन्छ सोही अनुसार गरिने उनले बताए । 

Global Ime bank

पछिल्लो समय कोरोना संक्रमित महिला करिब ३० प्रतिशत रहेका महाशाखाले जनाएको छ ।

यसैगरी, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ एवम् भाइरोलोजिस्ट डा. शेरबहादुर पुनले (सेरो प्रिभिलेन्स अध्ययन) एन्टिबडी परीक्षणबाट समुदायमा कोरोना कुन अवस्थामा रहेको थाहा हुने बताए । यो सर्भे  धेरै जनाको नमुना लिएर एकैपटक गर्न सकिने उपयुक्त विधि रहेको उनले जानकारी दिए । 

उनले भने, “यो सर्भेबाट कुनै एक तोकिएका क्षेत्रहरुका व्यक्तिहरुको रगत लिएर गरिन्छ ।”

पीसीआर परीक्षणजस्तो लामो समय लाग्दैन, यो छिटो रिपोर्ट आउने उनले जानकारी दिए । उनका अनुसार यसरी परीक्षण गर्दा आगामी दिनमा कसरी जाने योजना बनाउन पनि सजिलो हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७  १८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC