site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
केएनपी राष्ट्रिय महिला भलिबल :उपाधिका लागि एपीएफ र न्यु डायमण्ड भिड्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यु डायमण्ड एकेडेमी भिड्ने भएका छन् । बिहीबार भएको सेमिफाइनल खेलमा विजयी हुँदै एपीएफ र न्यु डायमण्डले उपाधि भिडन्त पक्का गरेका हुन् । 

त्रिपुरेश्वरस्थीत दशरथ रंगशालाको कभर्डहलमा भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले अर्को विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो । खेलको सुरुदेखि नै दबाब बढाएको एपीएफले २५–११, २५–२० र २५–१६ को सेटमा स्तब्ध बनायो । एपीएफकी सरस्वती चौधरीले ४४ स्पाइकबाट २१ र सर्भिसबाट चार अंक बटुलिन् । यस्तै नेविका चौधरीले ३५ स्पाइकबाट १५ अंक जोडिन भने उषा विष्टले स्पाइकबाट चार र ब्लकबाट दुई अंक बटुलिन् । पुलिसकी कोपिला उप्रेतीले स्पाइकबाट ११ र सर्भिसबाट एक अंक जोडिन् । यस्तै मनिषा चौधरीले स्पाइकबाट सात र सर्भिसबाट एक अंक जोडिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसैगरी दोस्रो सेमिफाइनल खेलमा न्यु डायमण्ड  एकेडेमीले पश्चिमाञ्चल भलिबल संघलाई ३–० कै सोझो सेटमा पाखा लगायो । पहिलो सेटमा कडा टक्कर दिएको पश्चिमाञ्चलले दोस्रो र तेस्रो सेटमा खराव प्रदर्शन गर्दा नतिजा न्यु डायमण्डलाई सुम्पन बाध्य भयो । 

पहिलो सेटमा २५–२२ को कडा टक्कर पाएको न्यु डायमण्डले त्यसपछि भने २५–९ र २५–१४ को सहज जित निकाल्यो ।  न्यु डायमण्ड लाई जित दिलाउन प्रतिभा मालीको योगदान महत्वपूर्ण रह्यो । उनले ६६ स्पाईक प्रहार गर्दा ३८ अंक जोडिन । यस्तै सेटर कृपा अधिकारीले सर्भिसबाट सात अंक जोडिन् । पश्चिमाञ्चलकी कप्तान मञ्जु गुरुङ र अरुणा शाहीले उत्कृष्ट प्रदर्शन गरेपनि टोलीलाई जित दिलाउन सकेनन् । मञ्जुले ३४ सटबाट सात र सर्भिसबाट दुई अंक जोडिन् । 

Global Ime bank

बहुराष्ट्रिय कम्पनी जापान कन्साई नेरोल्याक पेन्ट्स (केएनपी)को मुख्य प्रायोजन तथा शिवम् सिमेन्टको सह–प्रायोजनमा संचालन भएको प्रतियोगिताको विजेताले प्राप्त गर्ने १ लाख ५० हजार क्वायरटुफ म्याट्रेसले प्रायोजन गरेको छ । त्यस्तै उपबिजेताले १ लाख र तेस्रो हुने टोलीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पनि १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । विधागत उत्कृष्टतर्फ उत्कृष्ट स्पाइकर, उत्कृष्ट क्विकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकले जनही तीन हजार रुपैयाँसहित आकर्षक ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०७४  १८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC