site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
बेरुतमा सरकारविरुद्ध प्रदर्शन, फ्रान्सका राष्ट्रपतिले भने- नेतृत्वमा 'गहन परिवर्तन' आवश्यक
Sarbottam CementSarbottam Cement

बेरुत । लेबनानको राजधानी बेरुतमा सरकारी विरोधी प्रदर्शनहरु सुरु भएका छन् । प्रदर्शनकारीहरुलाई लेबनानी सुरक्षा फौजले रोक्‍न खोज्दा झडप भएको छ । 

संसद भवननजिक भएको झडपको स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीहरुले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेका छन् । 

मंगलबारको शक्तिशाली विस्फोटमा सरकारको लापरबाही मुख्य कारण भएको भन्दै सरकारविरोधी प्रदर्शनहरु सुरु भएका हुन् । शनिबार पनि बृहत् प्रदर्शनका लागि आह्‍वान गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मंगलबार राति भएको विस्फोट सन् २०१३ देखि असुरक्षित रुपमा राखिएको 'विस्फोटक' मानिने दुई हजार ७५० टन 'अमोनियम नाइट्रेट' भण्डारण गोदाममा विस्फोट भएको हो । 

सरकारी लापरबाहीका कारण विस्फोट भएको भन्दै नागरिकहरु सरकारविरुद्धको प्रदर्शनमा उत्रिएका हुन् । उक्त विस्फोटमा १३७ जनाको मृत्यु भएको छ भने पाँच हजारभन्दा बढी घाइते भएका छन् । 

Global Ime bank

विस्फोटमा परेका अझै दर्जनौं मानिसको पत्ता लाग्‍न सकेको छैन । सहरका हजारौंको रोजगारी गुमेको छ भने सयौं व्यापार, व्यवसाय ध्वस्त भएको छ । लेबनानका सरकारी सञ्‍चारमाध्यमका अनुसार अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिइएको छ । 

सैन्य अदालतका एक सरकारी प्रतिनिधिका अनुसार विस्फोटन भएको बन्दरगाहका अधिकारी, मर्मत संहारमा खटिने कामदार र उक्त रसायन भण्डारण गरिएको गोदामका कामदार गरी १८ जनासँग सोधपुछ गरिएको छ ।

नेतृत्वमा गहन परिवर्तन आवश्यक : म्याक्रोन 
विस्फोटपछि बेरुत भ्रमणमा गएका फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोनले लेनबनानको नेतृत्वमा ‘गहन परिवर्तन’को आवश्यकता रहेको  बताएका छन् । तहसनहस भएको उक्त सहर भ्रमण गरेका माक्रोनले घटनाबारे अन्तर्राष्ट्रिय अनुसन्धान गरिनुपर्नेसमेत बताएका छन् । 

लेबनानका राष्ट्रपति मिसेल आओनले असुरक्षित रूपमा राखिएको दुई हजार ७५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको बताएका छन् । 

राष्ट्रपति म्याक्रोनले यस विस्फोटलाई पछिल्लो संकटका रुपमा व्याख्या गर्दै नयाँ समझदारीको आवश्यकता रहेको बताएका छन् । लेबननका लागि लगानी उपलब्ध रहेको तर त्यसका लागि नेताहरूले सुधारका कार्यक्रम लागु गर्नुपर्ने उनले बताए ।

सन् २००५ मा भएको पूर्वप्रधानमन्त्री रफिक हरिरीको हत्याको मुद्दामा फैसला आउनुभन्दा केही समय अगाडि उक्त ठूलो विस्फोटन भएको हो । -बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC