site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बियर इतिहासबारे १३ रोमाञ्चक तथ्य र २१ विश्वप्रसिद्ध भनाइ
Sarbottam CementSarbottam Cement

काठमाडौं । के तपाईं बियर मन पराउनु हुन्छ ? यदि तपाईंलाई मन पर्छ भने बियर इतिहासका यी रोमाञ्चक जानकारी र प्रसिद्ध भनाइ जान्नै पर्छ ।

रोमाञ्चक जानकारीहरू :

१) मेसोपोटामिया सभ्यताबाट बियरको आविष्कार भएको हो । सो समय आहारमा बियरको महत्त्वपूर्ण भूमिका हुन्थ्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

२) बियर बनाउने प्रक्रिया धार्मिक अभ्यास थियो । सुमेरमा निन्कासीलाई बियरको देवता मानिन्थ्यो ।

३) सुमेरियनले बियर पिउनका लागि स्ट्रको आविष्कार गरे ।

Global Ime bank

४) चीनमा बियरको अस्तित्व ५ हजार वर्षदेखि छ ।

५) इतिहासका जानकारले बियरलाई सभ्योदयको प्रमुख कारण मान्छन् ।

६) बियर उत्पादनको मुख्य इन्ग्रिडियन्ट मर्चा हो । तर, १९औं शताब्दीसम्म मानवजातिलाई यसबारे थाहा भएन ।

७) इसाई भिक्षुले बियर उत्पादनलाई आधुनिकीकरण गरेका हुन् । होप्सको प्रयोगलाई बियर आधुनिकीकरणमा क्रान्ति मानिन्छ ।

८) आधुनिक जर्मनी र चेक रिपब्लिकले लाइट बियर (लेजर) लाई जन्म दिएका हुन् ।

९) तर, प्राचीन लेजर दक्षिण अमेरिकामा प्रयोग भएको पाइन्छ ।

१०) ५ सय वर्ष पुरानो कानुनले जर्मनी र अन्य देशमा बियर विस्तार गरेको हो ।

११) डब्लिनको सेन्ट जेम्स गेटमा रहेको गिनिज ब्रुअरीलाई ९ हजार वर्षका लागि लिजमा लिइएको थियो ।

१२) १९औं शताब्दीमा क्यालिफोर्नियामा होप उत्पादन गर्ने समुदायले आफ्नो लोक भाषा विकास गरे ।

१३) घरमा बनेको बियरमा जर्ज वासिङ्टन विशेष रुचि राख्थे ।

प्रसिद्ध भनाइहरूः

‘बियरको आविष्कार गर्ने व्यक्ति निकै बुद्धिमान हुनुपर्छ ।’
प्लेटो, युनानी दार्शनिक

‘बियर संयमपूर्वक खाए रिसलाई नरम बनाउँछ, आत्मालाई खुसी बनाउँछ र स्वास्थ्य प्रवद्र्धन गर्छ ।’
थोमस जेफरसन, अमेरिकी राष्ट्रपति

‘वैज्ञानिक अध्ययनले बियर पिउनु कलेजोका लागि लाभदायी छ । माफ गर्नुहोला, मैले ‘वैज्ञानिक’ भने ? मैले आइरिस नागरिक भनेको ।’
टिना फे, कमेडियन

‘खडेरीमा पानीभन्दा बियर दिए, ऊ जलवायु अनुकूल हुनेछ, तटस्थ रहनेछ । उसले चारैतिर हरियाली देख्नेछ । र, यदि उ सुत्यो भने सल्लाको घारीमा हावाको बहाव सुनिरहेको सपना देख्नेछ ।’
हेनरी डेभिड थोरो, कवि

‘सुरुमा बियर पिउँदा धेरैले यसको स्वादलाई घृणा गर्न सक्छन् । तर, त्यो पूर्वाग्रह मात्र हो ।’
विस्टल चर्चिल, बेलायती प्रधानमन्त्री

‘यदि म मरें मेरो शरीरलाई पोर्टर (एक प्रकारको बियर) को ब्यारेलमा घोलिदिनु र डब्लिनका बारेमा बाँडिदिनु । त्यहाँका बियर पारखीले मेरो स्वाद थाह पाउलान् त ?’
जेपी डनलेभी, अमेरिकी उपन्यासकार

‘बियर, संसारकै सबैभन्दा उत्कृष्ट पेय’
ज्याक निकोल्सन, अभिनेता

‘म दुई कुरासँग मात्र प्रेममा परेको छु । पहिलो ऐना र दोस्रो बियरको बोतल । ’
सिद भिसियस, रकर

‘संसारमा खराब बियर भन्ने कतै छैन ।’
बिल कार्टर, डकुमेन्ट्री निर्माता

‘बियर बुद्धिमानीको पेय हो । बेबकुफहरू किन पिउँछन् ?’
रे ब्राडबरी, लेखक

‘बियरबारे झुटो बोल्नेले शत्रु मात्र बनाउँछन् ।’
स्टेफिन किङ, लेखक

‘जो बियर पिउँछ, ऊ चाँडो निदाउँछ । जो लामो सुत्छ, उसले पाप गर्दैन । उसको स्वर्गमा बास हुन्छ । त्यसैले सबैले बियर पिऔं ।’
मार्टिन लुथर

‘राजाको आहार, एक क्वार्ट (लिटर) बियर ।’
विलियम सेक्सपियर

‘म मानिसहरूमा दृढ विश्वस्त छु । उनीहरूलाई सत्य भने, राष्ट्रिय संकटमा पनि उनीहरूमाथि निर्भर हुन सकिन्छ । तर, उनीहरूलाई दुईवटा कुरा चाहिन्छ, सत्य र बियर ।’
अब्राहम लिंकन, अमेरिकी राष्ट्रपति

‘मलाई बियर मन पराउने एक नारी देऊ, सारा विश्व जित्न सक्छु ।’
प्रुसियाका अन्तिम राजा

थप केही रमाइला भनाइहरू

‘सबैलाई खुसी बनाउन छाडिदेऊ, तिमी बियर होइनौं ।’

‘भगवान् हामीलाई माया गर्छन् र खुसी राख्न चाहन्छन् भन्ने प्रमाण बियर हो ।’

‘स्वर्गमा बियरमा पाइँदैन, त्यसैले हामी अहिले बियर पिउँछौं ।’

‘मलाई पानी मनपर्छ । तर, त्यसमा जौ र होप हुनुपर्छ ।’

‘बियर होपबाट बनाइन्छ । होप वनस्पति हो । त्यसैले बियर सलाद हो ।’

‘पानी बचाऔं, बियर पिऔं ।’

एजेन्सीको सहयोगमा
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  १०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC