site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
समुदायमा संक्रमण अझै फैलिए स्थिति भयावह बन्न सक्ने चेतावनी
Sarbottam CementSarbottam Cement

काठमाडौं । चिकित्सकहरुले कोभिड १९ रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसके संक्रमण ‘रोग’को रुपमा फैलन सक्ने बताएका छन् । सरकारले कोभिड १९ रोकथामका लागि गरेको कामको प्रकृति हेर्दा केही हप्ता भित्र नै संक्रमण ‘रोग’को रुपमा फैलन सक्ने संकेत देखिएको चिकित्सकहरुले बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले अहिलेसम्म कोभिड १९ को संक्रमण रोगको रुपमा नदेखिएको तर समुदायस्तरमा फैलिदै गए रोगको रुपमा देखापर्न सक्ने बताए । कोभिड रोकथामका लागि सरकारले गरेको कामलाई हेर्दा अवको केही दिन भित्रै संक्रमण रोगको रुपमा देखा पर्ने निश्चित भएको डा. दिक्षितले बताए । उनले सरकारले पीसीआर परीक्षणलाई बढाउँदै लैजानुपर्नेमा घटाउँदै लगेको र समुदायमा संक्रमण देखिदै गएकाले स्थिति भयावह बन्न सक्ने चेतावनी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख एवं सरुवा रोग विशेषज्ञ डा. बाबुराम मरासिनिले संक्रमण एक ठाउँबाट अर्को ठाउँमा जाने अवस्थाबाट जोगाउनुपर्ने बताए । संक्रमण देखिएको क्षेत्रबाट नदेखिएको क्षेत्रमा आवतजावतमा कडाई गर्नुपर्ने र काठमाडौं उपत्यका सहित सीमा क्षेत्रमा रहेका बस्तिमा परीक्षणको दायरा बढाउनुपर्ने बताए । 

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोलाले मानिसहरुको आवागमनलाई व्यवस्थित बनाउन नसके काठमाडौं उपत्यकाको अवस्था केही हप्ता भित्रै भयावह हुनसक्ने बताएका छन् । उनले जोखिम युक्त ठाउँबाट आएका मानिसहरु क्वारेन्टाइनमा नबस्दा नै समुदायस्तरमा संक्रमण फैलिएको बताए । संक्रमण रोकथामको उपाय लकडाउन मात्रै नभएकाले आवश्यक सावधानी सबैले अपनाउनुपर्नेमा डा. बास्तोलाले जोड दिए । 

Global Ime bank

सरकारले लकडाउन खोलेपछि मानिसहरुको आवागमन पनि बढेको छ । जसले गर्दा समुदायस्तरमा संक्रमण देखिन थालेको छ । यद्यपि पीसीआर परीक्षणलाई अझै नबढाएको सरकारमाथि आरोप लाग्दै आएको छ । जसले गर्दा संक्रमण समुदाय स्तरमा भित्रभित्रै फैलिदै जाने र स्थिति थप जटिल बन्न सक्ने जोखिम बढेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  १८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC