site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कैलाली र बर्दिया जोड्ने सत्ती घाट पुल जोखिममा
Sarbottam CementSarbottam Cement

टीकापुर । अविरल वर्षापछि आएको बाढीको कटानले कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमा रहेको सत्ती पुल जोखिममा परेको छ । बर्दियातर्फ पानीको बहाव बढेपछि कटान हुँदा छेउमा प्वाल परेपछि पुल जोखिममा परेको हो । पुलको बर्दियातर्फको अन्तिम पिल्लर थप गर्नुपर्ने देखिए पनि पिल्लर नथपिँदा पुलबाट आवतजावतमा समस्या हुने देखिएको छ । 
    
हुलाकी राजमार्गअन्तर्गत पर्ने सत्तीघाट पुलमा प्वाल पर्दा आवतजावतसमेत बन्द हुने सम्भावनासमेत देखिएको स्थानीय बासिन्दा जयसिंह साउदले बताए । “यही पुल पार गरेर हामी श्रीलङ्का ओहोरदोहोर गर्नुपर्छ”, साउदले भने, “टीकापुर नगरपालिका– ८ स्थित रहेको यो पुलले बर्दिया र कैलाली मात्र नभई सुदूरपश्चिम प्रदेश र प्रदेश नं ५ लाई जोड्ने गर्दछ, पुल जोखिममा रहेकाले अब आवतजावतमा समस्या हुने भएको छ ।” 
    
पुलमा थप पिल्लर थप्नका लागि पहल गरिरहेको प्रदेश नं ५ का सांसद दिपेश थारुले जानकारी दिए । “लामो समयदेखि पुल जोखिममा रहेकाले थप एउटा पिल्लर थप्न पहल थालेका छौँ”, सांसद थारुले भने, “यसै वर्ष सम्पन्न हुनेगरी टेण्डर हुने भनिएको छ, जोखिम कम गर्न पुलको किनारामा जाली भर्ने, तटबन्ध गर्ने जस्ता कार्य भएका छन् ।”
    
पुलको अवस्थाबारे सुदूरपश्चिम प्रदेश र प्रदेश नं ५ मा हरेक वर्षात्मा छलफल हुन्छ तर निर्माण हुँदै जोखिममा रहेको पुल निर्माणमा कसैको ध्यान जान नसकेको टीकापुर– ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाको आरोप छ । “हामीले हरेक ठाउँमा पुलको अवस्थाबारे जानकारी गरायौँ तर निर्माणतर्फ ध्यान गएको छैन”, ठकुल्ला भन्छन्, “वर्षौंपछि बनेको पुल अवरुद्ध भए कैलाली र बर्दियाको व्यापारिक बाटोसमेत बन्द हुन्छ, अझ यो पुल कैलालीकै ८ नं वडाका नागरिकलाई आवतजावतमै समस्या सिर्जना गर्छ ।” 

नदी कटानले पुल संरक्षणका लागि बनाएको तटबन्धसमेत भाँसिएको छ । तटबन्ध भासिएकाले पुल भत्किने जोखिमसमेत बढेको विक्रम कायस्थले बताए । “पुल समयमै मर्मत नगरिए हजारौँ सवारीसाधन हिँड्ने यो बाटोमा आवतजावतमा समस्या हुनेछ”, कायस्थ भन्छन्, “पुल जोगाउनका लागि पुलको लम्बाइमा एक स्पान थप गरेमात्र समस्या समाधान हुने देखिन्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

तेह्र स्पानको ५३१ मिटर लामो पुलको साइडमा वर्षेनी तारजाली भाँसिदै गएको छ । वर्षात्को समयमा नदीमा पानीको बहाव बढेलगत्तै तारजाली भासिने गरेको छ । “विगत तीन वर्षदेखि पुलको सोही स्थानमा तारजाली भासिँदै गएको छ, हरेक वर्ष मर्मतको कार्य भइरहेको भए पनि दीर्घकालीन समाधान भएको छैन”, वडाध्यक्ष ठकुल्ला भन्छन्, “अहिले पुल भत्कने उच्च जोखिममा रहेकाले तत्काल निर्माणमा ध्यान दिन आवश्यक छ ।” 

रसुवा कन्ट्रक्सनले २०७१ मा निर्माण सम्पन्न गरेको पुल भाँसिदै जाँदा कम्पनीले वर्षेनी वर्षात्मा मर्मत भन्दै तारजाली हाल्दै आएको छ । वर्षेनी पुल छेउमा तारजाली भासिँदै जाँदा मर्मतमा धेरै रकम खर्चिएकाले अब नदीको अवस्था हेरी पुलमा स्पान थप्न आवश्यक रहेको माग स्थानीयको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  १४:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC