site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विदेश पठाइदिन्छु भन्दै रकम लिएर बन्धक बनाउने दुईजना पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । लिबिया र कुवेत पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम लिएर बन्धक बनाएको आरोपमा दुईजना पक्राउ परेका छन् ।  

मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा चितवन राप्ती नगरपालिका ९ का उद्धव घतानी र झापा मेची नगरपालिका १० बस्ने गोरे भन्ने नर बहादुर श्रेष्ठ रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

घतानीले एक नेपाली युवालाई लिबियामा मिल्क पाउडर कम्पनीमा काम लगाईदिने प्रलोभनमा पारी १ लाख ६० हजार रूपैया र १ हजार अमेरिकी डलर समेत लिई दुबई हुँदै लिबियाको त्रिपोली पुर्‍याई ०७५ भदौ महिनादेखि ०७६ साउन ८ गतेसम्म बन्धक बनाई राखेको घटनाको अनुसन्धान गर्न ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

साथै श्रेष्ठले तीन जना नेपाली महिलालाई कुबेत पठाउने भनी भारतको नयाँ दिल्ली पुर्‍याई एक अपार्टमेन्टमा बन्धक बनाउने कार्यमा संलग्‍न श्रेष्ठलाई ब्युरोबाट खटिएको प्रहरीले झापा मेची नगरपालिका १० स्थित उनकै घरमा फेला पारी असार ७ गते पक्राउ गरेको हो ।  

Global Ime bank

नयाँ दिल्लीको एक अपार्टमेन्टमा बन्धक बनाइ राखेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा उद्धार गरी नेपाल तीन महिलालाई नेपाल फर्काइएको थियो । दुवै जनाविरुद्द मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७  १७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC