site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
टोकियोमा ‘नेपाल फेस्टिवल सम्पन्न’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं ।
एनआरएनए जापानको आयोजनामा सञ्चालित दुई दिने नेपाल फेस्टिवल सम्पन्न भएको छ । जापानी समुदायमा नेपाल र नेपाली कला संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्य सहित ‘अतिथि देवः भव’ भन्ने नाराका साथ टोकियोस्थित योयोगी पार्कमा शनिवार सुरु भएको फेस्टिवल आईतबार साँझ सम्पन्न भएको हो ।  
प्रमुख अतिथि जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल, जापान सरकार परराष्ट्र मन्त्रालय दक्षिण एसिया विभागका प्रमुख अरियोसी ताकाहासी, एनआरएनए आईसीसी उपाध्यक्ष भवन भट्ट, नेपालका लागि जापानी पूर्व राजदूत, जापानी कलाकार, एनआरएनए जापानका अध्यक्ष सुदन थापा, पत्रकार महासंघ जापान शाखाका अध्यक्ष तिलक मल्ललगायतका व्यक्तित्वद्वारा मेलाको सामुहिक उद्घाटन गरिएको थियो । 
कार्यक्रमका वक्ताहरुले विगत देखिनै नेपाललाई जापानी समुदायबीच चिनाउने र नेपालको पर्यटनमा टेवा पु¥याउने उद्देश्यका साथ सुरु भएको मेलाले नेपाल र जापानबीचको सम्बन्धमा सुमधुरता ल्याउँदै नेपालका विविध सम्भावनाहरुलाई उजागर गर्ने बताएका थिए । यस्ता कार्यक्रमहरुका कारण नेपाल र नेपाली कला संस्कृतिहरुको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निभाउने भनाइ राखेका थिए । 
फेस्टिवललाई एनआरएनए जापानले आयोजना गरेको भए पनि समग्र जापानवासी नेपालीले जापानी समुदायमा नेपाल र नेपाली कला संस्कृतिको प्रवद्र्धन गर्दै जापानी समुदायमा आफ्नो छुट्टै पहिेचान निर्माण गर्ने अवसरका रूपमा लिएर लागि परेको एनआरएन अध्यक्ष थापाले जानकारी दिए । 
फेस्टिवलमा २२ वटा नेपाली परिकारसहितका स्टल तथा ३० वटा सेवा मुलक कम्पनी (रेमिट्यान्स) तथा सामाजिक संघसस्थाको स्टलहरु राखिएका थिए । त्यस्तै थप १० वटा स्टलमा नेपाली पहिचान झल्कने नेपाली पोसाक, फोटो प्रर्दशनी एवं भारतीय मेहन्दी लगाउने, नेपाली पोसाक लगाएर तस्वीर खिचाउनेलगायतका स्टलहरु पनि रहेका थिए  । 
जापानमा रहेका नेपाली कलाकार तथा नेपाली कला र संस्कृतिलाई माया गर्ने जापानी कलाकारहरूको विविध प्रस्तुतीहरुले फेस्टिभवलाई भव्य र आकर्षक बनाएको थियो । शनिबारबाट औपचारिक सुरुआत भएको मेलामा नेपाली तथा विदेशी अवलोकनर्ताहरुको  सहभागीता दुबै दिन उल्लेख्य मात्रमा रह्यो । 
आयोजक संस्थाका अध्यक्ष तथा मेलाका मुल संयोजक थापाका अनुसार निशुल्क प्रवेशको व्यवस्था भएकाले ठ्याक्कै कति मानिसहरुको उपस्थिति भयो भनेर अंकमा भन्न नसकिए पनि २ लाख भन्दा बढि मासिहरु उपस्थित भएको अनुमान गरिएको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २४, २०७३  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC