site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वडाध्यक्षमाथि कार्यालयमै आक्रमण
Sarbottam CementSarbottam Cement

दाङ । शान्तिनगर गाउँपालिका वडा नं २ वडाध्यक्ष फर्साराम डाँगीमाथि कार्यकक्षमै आक्रमण भएको छ । उनीमाथि बिहान सवा ११ बजेतिर १०/११ जनाको अज्ञात समूहले कार्यकक्षमै प्रवेश गरी रड र  लाठीले निर्घात कुटपिट गरेको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिए । 

वडाध्यक्षको हाल तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घाइते वडाध्यक्षको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रशाद रिजाल, जिल्ला प्रहरी प्रमुख गणेश चन्द लगायतका सुरक्षा अधिकारीहरु अस्पताल पुगेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनको थप उपचारका लागि काठमाडौं लगिने भएको छ । दाङका प्रजिअ रिजालले घाइते वडाध्यक्षलाई उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर मागिएको जानकारी दिए । ‘हेलिकोप्टर मागिएको छ, आएपछि काठमाडौं लैजाने तयारी गरिएको छ,’ रिजालले भने ।

यसैबीच डाँगीमाथि कार्यकक्षमै भएको आक्रमणको नेपाली काँग्रेस दाङले निन्दा एवं भर्त्सना गरेको छ । घाइते डाँगीको अवस्था बुझ्न राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुगेका काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरे ।

Global Ime bank

जनप्रतिनिधिमाथि वडा कार्यालयभित्रै भएको आक्रमणले सरकार छ कि छैन ? भन्ने प्रश्न खडा भएको उनले बताए । घाइते डाँगीलाई भेट्न कांग्रेस जिल्ला सचिव शंकरप्रशाद डाँगी, क्षेत्र नम्बर ३ का सभापति जगतबहादुर खड्का काँग्रेसका नेता केशव आचार्य अस्पताल पुगेका थिए ।  

शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले घटनाको निन्दा गरे  । उनले तत्काल आक्रमणकारीलाई पक्राउ गरी कानुनी कठघरामा उभ्याउन माग गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  १७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC