प्रविधि
काठमाडौं । सरकारले प्रविधिमा आधारित सेवालाई उच्च प्राथमिकता दिएको बताएको छ । सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सरकारले आफ्ना सबै सेवा प्रविधिमा आधारित बनाउन उच्च प्राथमिकता दिएको बताएका हुन् ।
विहिबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आयोजित विद्युतीय संचारमाध्यामहरुको नियमनसम्बन्धि अभिमूखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रविधिमा आधारित भएर सेवा दिन सके जनताबढि लाभान्वित हुन्छन भन्ने कुरामा सरकार सचेत रहेको पनि स्पष्ट पारे । सचिव गुरुङले केवल टिभी संचालकहरुलाई पनि उच्च प्रविधियुक्त सेवा प्रवाह गर्न आग्रह गरे ।
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०७४ १३:०१
प्रतिक्रिया दिनुहोस्