site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कप्तान मोर्गनको शतकमा इंग्ल्यान्ड विजयी
Sarbottam CementSarbottam Cement

काठमाडौं । पाहुना टोलि दक्षिण अफ्रीकाविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा घरेलु टोली इंग्ल्यान्ड विजयी भएको छ ।लिड्समा बुधबार राती भएको पहिलो एकदिवसीयमा इंग्ल्यान्डले दक्षिण अफ्रीकालाई ७२ रनले पराजित गरेको छ ।

हेडिङग्ले क्रिकेट मैदानमा घरेलु टोली इंग्ल्यान्डले दिएको ३४० रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रीका ४५ ओभरमा अलआउट हुदै २६७ रनमा समेटियो । जितसँगै घरेलु टोली इंग्ल्यान्डले तीन खेलको सिरिज १ – ० ले अग्रता बनाएको छ । दोस्रो एकदिवसीय शनिबार हुने छ ।

Prabhu Bank
Agni Group
NIC Asia

घरेलु टोलीले दिएको विशाल लक्ष्य पछ्याउने क्रममा अफ्रिकाका हासिम अमला र फाप डु प्लेसीसले अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । अमलाले ७३ तथा प्लेसिस ६७ रनको योगदान दिए । त्यस्तै कप्तान एबीडी भिलियर्सले ४५ रन जोडे । इंग्ल्यान्डका क्रिस वोक्सले ४ तथा अदिल राशिद र मोइन अलीले समान दुई दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३३९ रनको उच्च योगफल तयार बनाएको थियो । इंग्ल्यान्डको लागि कप्तान इयान मोर्गनले १०७ रनको शतकीय पारी खेले । त्यस्तै मोइन अलीले अविजित ७७ रन जोड्दा एलेक्स हालेसले ६१ रनको योगदान दिए । दक्षिण अफ्रिकाका क्रिस मोरिस र एन्डिलेले समान दुई दुई विकेट लिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०७४  ०६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC