site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
म्यानचेस्टर युनाइटेड पहिलो पटक युरोपा लिग च्याम्पियन, युनाइटेड च्याम्पियन्स लिगमा छनोट  
Sarbottam CementSarbottam Cement

काठमाडौं । इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडले पहिलो पटक युरोपा लिग फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा डच क्लब  आयाक्सलाई २ – ० ले पराजित गर्दै युनाइटेडले पहिलो युरोपा लिगको उपाधि जितेको हो ।

स्वीडेनको सलोनामा भएको फाइनलमा युनाइटेडलाई उपाधि दिलाउन पाउल पोग्बा र हेन्रिक मिखीटारियनले समान एक एक गोल गरे । युरोपा लिगको उपाधि जितेसँगै जोसे मोरिन्होको टोली युनाइटेडले आगामी सिजन च्याम्पियन्स लिग खेल्ने भएको छ । युरोपा लिग जित्ने टोलीले च्याम्पियन्स लिगको समुह चरणको खेल्न पाउने प्राबधान छ ।

Prabhu Bank
Agni Group
NIC Asia

फ्रेन्ड्स एरिनामा भएको खेलमा युनाइटेडले दुवै हाफमा समान एक एक गोल गर्दै उपाधि पक्का गर्यो । खेलमा युनाइटेडले १८ औं मिनेटमा पोग्बाको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफमा १ – ० ले अघि रहेको युनाइटेडले दोस्रो हाफको सुरुवातमै अग्रता दोब्बर बनायो ।

दोस्रो हाफको ४८ औं मिनेटमा मिखीटारीयनले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । बल पोजिसनमा पकड बनाएपनि नेदरल्यान्डको क्लब आयाक्सले गोलको अवसर सिर्जना गर्न सकेनन् । आयाक्सको केहि प्रहार युनाइटेडका किपर सर्जियो रोमेरोले विफल बनाए ।  त्यसपछि थप गोल हुन् सकेन र युनाइटेडले उपाधि पक्का गर्यो ।

Global Ime bank

यो सिजन प्रिमियर लिगमा छैटौं भएको युनाइटेडको यो सिजनको दोस्रो उपाधि हो । युनाइटेडले यसअघि इन्ग्लिश फुटबल लिग कपको उपाधि जितेको थियो । यस्तै युनाइटेडले मुख्य प्रतियोगिताको उपाधि संख्या ४५ पुराएको छ । जुन इन्ग्लिश क्लबमध्ये सबैभन्दा धेरै उपाधि हो । यता, आयाक्स भने सन् १९९६ पछि पहिलोपटक युरोपियन क्लब फुटबलको फाइनलमा पुगेको हो । आयाक्सले सन् १९९२ मा युईएफए कपको उपाधि जितेको थियो । 

युरोपा लिगको सेमिफाइनलमा युनाइटेडले स्पेनिस क्लब सेल्टा डि भिगोलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने आयाक्सले ओलम्पिक लियोनलाई पाखा लगाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०७४  ०६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC