site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
फेसबुक लन्च गरेको होस्टलमा पुगेपछि जुकरबर्ग भए भावुक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्ग १३ वर्षपछि हार्वर्ड विश्वविद्यालयको पुरानो होस्टलको कोठामा पुगेका छन्, जहाँबाट उनले १३ वर्ष पहिले फेसबुकको पहिलो लन्च गरेका थिए ।

कुनै बेला आफू बसेको कोठामा पुगेका अर्बपति मार्कले आफ्ना कलेजका दिनहरू र आफ्नी पत्नी प्रिसिला चानसँग भएको भेटघाटको सम्झना गरे । यस क्रममा उनी निकै भावुक बन्न पुगेको समाचारमा बताइएको छ । 
एजेन्सीहरूले दिएको समाचारअनुसार जुकरबर्गले आफू होस्टल पुगेको भिडियोसमेत सेयर गरेका छन् । जुकरबर्गले ग्य्राजुएसन पूरा गरेका छैनन् तर विश्वविद्यालयले उनलाई बिहीबार मानार्थ उपाधि दिन लागेको छ । उनले दीक्षान्त समारोहलाई सम्बोधन समेत गर्दैछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मंगलबार पोस्ट गरेको २३ मिनेट लामो भिडियोमा जुकरबर्गले भनेका छन्, ‘‘१३ वर्षअघि मैले जुन ठाउँ छोडेको थिएँ, त्यहाँ म पहिलो पटक फर्केर आएँ । यो त्यही ठाउँ हो, जहाँ मेरो जीवनका अनेकौं सुनौला पल बिते ।’’

जुकरबर्ग त्यतिखेर किर्कल्यान्ड हाउस होस्टलको एच ३३ कोठामा बस्ने गर्थे । त्यहीँ बसेकै बेला उनले ४ फरवरी २००४ मा आफ्नो ल्यापटपमा फेसबुक लन्च गरेका थिए । जुकरबर्गकी पत्नी प्रिसिला पनि त्यतिखेर त्यसै होस्टलमा बस्थिन् । दुबैको पहिलो भेटघाट त्यहीँ भएको थियो । प्रिसिलाले भनेकी छन्, ‘‘होस्टलमा बस्दा म १८ वर्षकी थिएँ र जुकरबर्ग १९ का । हाम्रो विवाह १९ मई २०१२ मा भयो ।’’

Global Ime bank

जुकरबर्गले आफ्नो ग्य्राजुएसन पूरा हुनुअघि नै होस्टल छोडेका थिए र आफ्नो सम्पूर्ण ध्यान सोसल नेटवर्किङ प्लेटफर्मलाई विकसित गर्नमा लगाएका थिए । आज फेसबुक दुनियाँको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल बनेको छ र यसका प्रतिमहिना झन्डै २ अरब प्रयोगकर्ता छन् ।
जुकरबर्गले अपलोड गरेको होस्टल जीवनसँग सम्बन्धित भिडियो अहिले फेसबुकमा भाइरल भइरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०७४  ०४:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC